धुर्मुस सुन्तलीलाई गोफण्डमीबाट २७ लाख सहयोग

ENGLISH

ENTERTAINMENT

धुर्मुस सुन्तलीलाई गोफण्डमीबाट २७ लाख सहयोग

12 June, 2016 | Sandeep Bhattarai | 570 Views | comments

gofund

धुर्मुस सुन्तलीलाई इन्टरनेटको माध्यमबाट सहयोग जुटाउने वेबसाइट गोफण्डमी मार्फत २७ लाख रुपैंया सहयोग संकलन भएको छ । सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुलाई एक महिनामा २७ लाख रुपैँया सहयोग संकलन भएको हो ।

सामाजिक अभियान्ता सन्तोष ओझा र सञ्चारकर्मी सरल गुरुङ्गको सहयोगमा गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ५० लाख रुपैँया सहयोग उठाउने लक्ष्यका साथ गोफण्डमीमा खाता खोलिएको थियो । जस अन्तर्गत एक महिनामा संसारभर रहेका नेपाल र नेपालीलाई माया गर्ने ४ सय भन्दा बढी व्यक्तिहरुबाट उक्त सहयोग जुटेको हो ।
प्रविधिको विकाससँगै सामाजीक काममा सहयोग संकलन गर्न यो वेभसाइटको प्रयोग हुने गर्दछ ।

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पनि गोफण्डमी विश्वभरबाट पैसा जम्मा गर्न सकिने खुत्रुके भएकाले यो अभियान सुरु गरिएको सञ्चारकर्मी गुरुङले बताएका छन् । युरोपीयन मुलुकमा नेपाल र नेपालीलाई सहयोग गर्न चाहने मानीसहरु धेरै छन् सामाजिक अभियान्ता ओझा भन्छन्, तर व्यस्तता कारण उनीहरुले सहयोग पठाउन सकिरहेका हुँदैनन् । त्यसैले आफ्नो क्रेडिट कार्डबाट एक क्लीकमै सहयोग गर्न सकिने गरी गोफण्डमीमा खाता खोलेर धुर्मुस सुन्तलीलाई आफुहरुले सघाएको उनको भनाई छ ।

गोफण्डमी मार्फत अमेरिकाबाट मुना शाही र माधव दुलालले व्यक्तिगत रुपमा जनही १ लाख रुपैंया भन्दा बढी सहयोग गरेका छन् । त्यस्तै, थाइल्याण्डबाट धन गुरुङ्ग, अमेरिकामा रहेका भुटानी शरणार्थीहरुको संस्था कोलोराडो अडल्ट डेकेयर, दिपेन्द्र अधिकारी र चन्द्र कँडेलले जनही ५० हजार रुपैंया भन्दा बढीे सहयोग गरेका छन् । धुर्मुस सुन्तलीको गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि इन्टरनेटमार्फत सुरु भएको यो अभियानमा परशुराम तिमल्सिना र अमेरिकामा रहेका नेपालीहरुको संस्था बाल्टीमोर असोसिएसन अफ नेपालीज—बानाले सहकार्य गरेका छन् ।

बानाका अध्यक्ष कुल प्रसाद आचार्यले नेपाली कलाकारले सुरु गरेको यस अभियानमा साथ दिन पाउँदा खुसी लागेको बताए । अमेरिकामा रहेका कलाकार प्रेमराजा महत तथा परशुराम तिमल्सिनाले गोफण्डमीमा जम्मा भएको पैसा धुर्मुस सुन्तली फाउण्डेनको खातामा ल्याउन महत्वपुर्ण भुमीका खेलेका छन् । साढे ४ करोड भन्दा बढीको लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागि गोफण्डमीबाट नसोचेको सहायता जुटेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।

gofund1

५० लाख पुर्याउने लक्ष्य अझै पुरा भइनसकेकाले युरोपेली मुलुकमा बस्नेहरुसँग उनले यो लक्ष्य पुरा गर्न सहयोगको अपील गरेका छन् । इन्टरनेटबाटै यति धेरै सहयोग जुटाउन सकिन्छ भन्ने नै थाहा थिएन फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) भन्छिन्, तर सन्तोष ओझा र सरल गुरुङले यसबारेमा बताए, अहोरात्र खटे र यो सहयोग जुटाउन सहयोग गरे । युरोपेली मुलुकको व्यस्ततालाई बुझेर एउटा सानो खुत्रुके खोलेको बताउँदै उनले छिट्टै भरीने अपेक्षा गरेकी छिन् ।

यो पनि हेर्नुस – गिरान्चौर एकिकृत बस्ती दिनरात नभनी बनाईदैछ (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK