धुर्मुस सुन्तलीलाई क्यालिफोर्नियाले पनि जुटाउने भयो सहयोग

ENGLISH

NRN GLOBAL

धुर्मुस सुन्तलीलाई क्यालिफोर्नियाले पनि जुटाउने भयो सहयोग

9 June, 2016 | Bipin Acharya | 985 Views | comments

धुर्मुस सुन्तली पुनर्निर्माण अभियानलाई क्यालिफोर्नियाबाट पनि सहयोग जुट्ने भएको छ। धुर्मुस सुन्तली नेपाली कला क्षेत्रमा एक उल्लेखनिय नाम हो। गत बर्ष गएको बिनासकारी भूकम्प पश्चात धुर्मुस सुन्तलीले पुनर्निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसन् मार्फत आफ्नो बिशाल हृदयको प्रमाण दिँदै समाज सेवाको आकाशमा समेत उज्यालो तारा झैँ चम्कन पुगेका छन् ।

ca

प्रधानमन्त्री विपद् उद्दार कोषमा जम्मा भएको पैसा पीडित समक्ष कहिले पुग्ने हो पत्तो नभएका कारण पनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणको लागि देश बिदेशबाट रकमहरु संकलन हुने क्रम जारी छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका स्थित गिरान्चौरमा झन्डै ४ करोड रुपैयाँको लागतमा बन्न लागेको सामुहिक आवस परियोजनाको लागि बिभिन्न कलाकार, व्यवसायीहरुले समेत रकम जुटाएर यो पवित्र कार्यको लागि सहभागीता जुटाइरहेका छन् ।

यसै परिप्रेक्षमा क्यालिफोर्नियाको पेटेलुमा स्थित श्री इन्डियन कुजन रेस्टुराँ सो फाउन्डेसनको लागि रकम जुटाउन एक साङ्गेतिक रमझमको आयोजना गरेको छ। बे एरियाकी चेलीको रुपमा स्नेह प्राप्त गरेकी चर्चित पप गाइका नलिना चित्रकारले सो समयमा आफ्ना साङेतिक कोशेलीहरु पस्किने छिन् । शत प्रतिशत मुनाफा धुर्मुस सुन्तली पुनर्निर्माण परियोजनामा जाने सो कार्यक्रमको लागि स्वादिष्ट नेपाली खाना र मनोरन्जन को लागि २५ डलर मात्र राखिएको छ।

ca1

होनहार नेपाली युवाद्वय कमल कंडेल र बिष्णु आचार्य द्वारा संचालित सो रेस्टुराँ स्थानीय जनजिब्रोमा निकै चर्चित रहेको बताइन्छ। यसो त यि युवा व्यवसायीक यसभन्दा अघी पनि आफ्नो बिशाल हृदयको परिचय दिईसकेका छन। हालसालै वरिष्ठ सिनेकर्मी सरोज खनाल मार्फत पीडित क्षेत्रमा पुर्याइने विश्वासका साथ एक हजार अमेरिकि डलर प्रदान गरी सकेका छन् । त्यसै गरी वाना एन ए जि सि सामुदायिक केन्द्रको लागि पनि केही टेवा होस् भनी २०० अमेरिकि डलर चन्दा प्रदान गरेर असल कार्यलाई आफूहरुले जहिले पनि साथ दिने साँकेतिक प्रतिवद्दता जनाएका छन् । विशुद्द व्यवसायीक दृष्‍टिले चलाइएको यो रेस्टुराँले उदार भावनाले गर्न लागेको यो कार्यक्रमलाई बे एरियाका जनमानसले उत्साहपूर्ण सहभागीता जनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको विवरण निम्न रहेको छ:
मिति : जुन १४, २०१६
समय : बेलुका ७ देखी ११ बजे सम्म
स्थान श्री इन्डियन कुजिन रेस्टुराँ, पेटलुमा
220 Western Avenue, Petaluma CA 94952

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK