धिरज र करिस्नाले जिते नेपाल नेक्स्ट सुपरस्टार–२०१८ को उपाधि

ENGLISH

ENTERTAINMENT

धिरज र करिस्नाले जिते नेपाल नेक्स्ट सुपरस्टार–२०१८ को उपाधि

10 October, 2018 | Sandeep Bhattarai | 2105 Views | comments

धिरज र करिस्ना

यस वर्षको रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को उपाधि पुरुषतर्फ धिरज रसाईली र महिलातर्फ करिस्ना श्रेष्ठले जितेका छन् ।

थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को प्रथम संस्करणमा १३ पुरुष र १२ महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतियोगितामा पुरुषतर्फ धिरज र महिलातर्फ करिस्नाले नेपाल नेक्स्ट सुपरस्टारको उपाधि जित्न सफल भएका हुन् ।

सोमबार साँझ काठमाडौंको न्यूरोड, बिशाल बजारस्थित सासा इभेन्ट भेन्यूमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ८, टप ५ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ स्टेजमा उत्रिएका थिए । प्रतियोगिता अन्तर्गत बेष्ट वाक बिधाको उपाधी धिरज रसाईली र विभूति तण्डुकार, बेष्ट पर्सनालिटि संक्षम संग्रैला र रोशिका दहाल, मोस्ट कन्फिडेन्ट पुष्पा नेपाली र दिवस लामिछाने, मोस्ट फोटोजेनिक असिम अली र विभूति तण्डुकार, बेस्ट स्माईल कल्पना बिष्ट र सौरभ शाह, मोस्ट ट्यालेन्ट दिपेश लामा र करिस्ना श्रेष्ठ, पब्लिक च्वाइस अवार्डमा गणेश खत्री र मनिषा लिम्बु, मोस्ट ह्यान्डसम बिबेक जोशी, मोस्ट क्रियटिभ लोमन रेग्मी र करुना शाह, मोस्ट ब्यूटिफुल पुजा एरी, मल्टिमिडिया च्वाईस दिपक बुढाथोकी र करिस्ना श्रेष्ठ, मोस्ट डिसिप्लेन अर्जुन विश्वकर्मा र गरिमा शर्माले विभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् ।

सनिस शाक्यको कोरियोग्राफीमा कुल २५ जना प्रतियोगीहरुलाई १ महिनासम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन जवान रञ्जित र सुनिल गुभाजुले गरेका हुन् । कार्यक्रमको प्रमुख आतिथिमा सिनेकर्मी तथा चलचित्र निर्देशक अनिल पाण्डे र निर्णायकको भूमिकामा उत्तम बनेपाली, सुमित सिग्देल र शिवराज कार्की हुनुहुन्थ्यो ।

सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई अझै भब्य बनाउन एमपी इभेन्टसले ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने आयोजक मदन पौडेलले बताए । मिडिया पार्टनरमा अर्थ संसार डट कम रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK