धनगढीमा रगतको चरम अभाव

ENGLISH

धनगढीमा रगतको चरम अभाव

21 February, 2017 | Krishna Adhikari | 755 Views | comments

download-4कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ ।रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको चरम अभाव भएको र अहिले कुनै पनि समूहको रगत मौज्दात नभएको रक्त सञ्चार केन्द्र, धनगढीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी मातहतको रक्तसञ्चार केन्द्र, धनगढीमा एक हप्तायता कुनै पनि समूहको रगत एक पोका पनि मौज्दात नरहेको रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तले बताउनुभएको छ । उहाँले रक्तसञ्चार केन्द्रले रगत दान गरेमा स्वास्थ्यमा कुनै असर पर्दैन भन्ने कुरा बुझाउन नसक्नु र नियमित रगत दान गर्ने व्यक्तिले निरन्तर रुपमा रक्तदान नगर्नुलगायतका कारणले रगतको अभाव भएको जानकारी दिनुभएको छ ।

मानव शरीरमा रगत निश्चित अनुपातमा हुने गर्दछ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ ।

रक्तसञ्चार केन्द्रले गएको माघसम्म मात्रै गत आर्थिक वर्षको मौज्दात दुई पोका र यस आवमा दुई हजार २९५ गरी, दुई हजार २९७ पोका रगत वितरण गरेको छ ।

मानिसको शरीरमा बन्ने रगतको आयु १२० दिन मात्रै हुने भएकाले नियमित रगत दान गरेमा स्वास्थ्य झन् राम्रो हुने तथा फूर्ति आउने सेती अञ्चल अस्पतालमा कार्यरत डा गणेश सिंहले बताउनुभएको छ ।

स्वास्थ्यकर्मीको भनाइअनुसार एउटा स्वस्थ व्यक्तिले प्रतिकेजीमा आठ मिलिलिटर रगत दान गर्दा फरक पर्दैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK