‘द हिलरी स्टेप’ नाम दिइएको सगरमाथाको पाटो खसेको छ :आरोही

ENGLISH

TRAVEL

‘द हिलरी स्टेप’ नाम दिइएको सगरमाथाको पाटो खसेको छ :आरोही

22 May, 2017 | Sandeep Bhattarai | 3075 Views | comments

द हिलरी स्टेप

सगरमाथाको एउटा प्रख्यात पाटो ‘द हिलरी स्टेप’ खसेको छ जसले संसारको सबभन्दा अग्लो शिखर सगरमाथा आरोहीहरुका लागि अझ खतराजन्य बन्न सक्छ।

पर्वतारोहीहरुले भनेका छन्- द हिलरी स्टेप नाम दिइएको सगरमाथाको चुचुरोमा पुग्नु केही अघिको उक्त पाटो नेपालमा गएको सन् २०१५ को विनाशकारी भूकम्पका कारण खसेको हुन सक्छ।

झण्डै ठाडो रेखा जस्तो प्रकृतिको १२ मिटर अग्लो चट्टानी स्वरुप सगरमाथाको दक्षिणपूर्वी भेगमा अवस्थित थियो। र, सगरमाथाको चुचुरोमा पुग्नुअघिको अन्तिम चुनौतीका रुपमा थियो।

सन् १९५३ मा सगरमाथाको चुचुरोमा पहिलोपटक पुगेका दुई आरोहीमध्ये एक सर एडमण्ड हिलारीको नाममा उक्त ठाउँको नाम द हिलरी स्टेप राखिएको थियो।

चुनौतीपूर्ण
गत मे १६ मा सगरमाथाको चुचुरोमा पुगेका ब्रिटिश आरोही टीम मोसडेलले उक्त अंश खसेको कुराको पुष्टि गरे।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हिलरी स्टेप अब बाँकी रहेन। यो औपचारिक हो।”

उनले लेखेका छन्, “त्यहाँ हिउँको पहाड बनेन भने के हुन्छ भन्न सकिन्न किनभने त्यहाँ यता उता ठूल्ठूला चट्टानहरु छन् र तिनलाई कसरी झेल्ने भन्ने निकै चुनौतीपूर्ण हुनेछ।”मे २०१६ मा द अमेरिकन हिमालयन फाउण्डेशनले राखेको तस्वीरमा द हिलरी स्टेपको आकार परिवर्तन भएको देखिएको थियो।तर त्यसबेला परेको हिउँका कारण के परिवर्तन भयो निश्चित भन्न गाह्रो परेको थियो।

“त्यो गत वर्ष प्रकाशमा आएको थियो म गत वर्ष पनि सगरमाथा चढेको थिएँ तर निश्चित भन्न सकिन किनभने त्यो क्षेत्रमा हिउँ नै हिउँ थियो,” मोसडेलले फेसबुकमा लेखेका छन्।

चेतावनी
उनले लेखेका छन्, “यो वर्ष म निश्चित रुपमा भन्न सक्छु द हिलरी स्टेप नाम दिइएको चट्टानको ठूलो अंश अब त्यहाँ छैन।”पर्वतारोहीहरुले अब हिउँले छोपिएको भीर चढ्न पहिलेको कठिन चट्टान चढ्न सजिलो हुनेछ भन्ने दावी गरेका छन्।

तर त्यसले समस्या निम्त्याउन सक्ने उनले चेतावनी पनि दिएका छन्।विश्वको टाकुरामा कम अक्सिजन र हिउँले अंग खाने समस्यासँग जुझिरहेकाहरुका लागि यो गम्भीर चिन्ताको विषय हुन सक्छ।

बीबीसीसँग सन् २०१२ मा कुरा गर्दै ब्रिटिश आरोही सर क्रिश बनिङटनले उक्त हिलरी स्टेप नजिक अड्किनु घातक हुन सक्ने बताएका थिए।उनले भनेका थिए- यदि असाध्यै राम्रो दिन पर्यो भने द हिलरी स्टेपमा एक डेढ या दुई घण्टा ढिलो गर्नु त्यति समस्याकारी कुरा होइन तर मौसम राम्रो छैन भने हिलरी स्टेपमा साढे दुई घण्टा रोकिनु जीवनमरणको सवाल हुन सक्छ।

स्रोत – बीबीसी नेपाली

सगरमाथा आरोहणको विश्वमा सन्देश

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK