द्वन्द्व पीडित बालबालिकालाई एनआरएनए महिला फोरम बेल्जियमद्वारा शैक्षिक सहयोग

ENGLISH

NRN GLOBAL

द्वन्द्व पीडित बालबालिकालाई एनआरएनए महिला फोरम बेल्जियमद्वारा शैक्षिक सहयोग

कृष्ण केसी

6 May, 2017 | Sandeep Bhattarai | 695 Views | comments

एनआरएनए महिला फोरम बेल्जियम

आमाहरुको र्को रुप भगवान हो।‘भगवान’ शब्दको प्रयोग विभिन्न पर्यायवाची शब्दावलीको रुपमा हुने गर्छ, त्यस्तै चिताएको कुरा पुर्याइदिने र निस्वार्थ भावनाद्वारा कसैलाई सहयोग गर्ने सारथि मनहरुलाई भगवानको स्वरूप ठान्ने चलन नै कसैप्रति गरिने अन्तिम आदर तथा सम्मानको प्रतिक हो।

त्यस्तै द्वन्द्व पिडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुको शैक्षिक सहयोगार्थ ‘सहयोग सारथि’ बनेर तिनै भगवानरुपि आमाहरुले बेल्जियमबाट विद्यालयको अक्षयकोषमा आर्थिक सहयोग गर्नु भएको छ।

“नेपालीका लागि नेपाली” भन्ने सहयोगी भावार्थ बोकेर वेल्जियममा गठित गैर आवासीय नेपाली संघको महिला बिभागमा आबद्द आमा तथा महिला दिदीबहिनीहरु (एनआरएनए महिला फोरम बेल्जियम) द्वारा सिद्दार्थ माध्यमिक विद्यालय जिनाबाङ घोप्टेओढारमा अध्यनरत टुहुरा बालबालिकाहरुको शैक्षिक सहयोगहोस भन्नेर बेल्जियमका आमाहरुले सहयोग गर्नु भएको छ।

विद्यालयको सहयोग अनुरोधमा एनआरएन महिला फोरम बेल्जियमकि महिला संयोजक निर्मला बजगाईंको पहलमा नेपाली ३३ हजार ३ सय ९ सहयोग जुटेको हो।

नमुना विद्यालय निर्माण अभियानसंगै द्वन्द्व पीडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुको नि:शुल्क आवास सहित शैक्षिक ब्यवस्थापनमा विद्यालय अभियान परिवार जुटेको छ। उक्त अभियान थालनी भए पश्चात संसारभर रहेका विभिन्न दाताहरुबाट आर्थिक तथा भौतिक सहयोग जुटीरहेको छ।

एनआरएनए साउदीद्वारा अनुदान गरिएको इ-लाइब्रेरी भवन सम्पन्न अबस्थामा रहेको छ भने एनआरएनए स्विडेनद्वारा प्रदान गरिने बालबिकाश भवन निर्माण कार्य थालनी गरिएको छ।

त्यस्तै राप्ति समाज जापानद्वारा अक्षयकोष सहयोग अभियानमा सहकार्य गरिरहेको छ। साथै हाल सम्म नमुना विद्यालय अभियानको अक्षकोषमा सहयोगिदाताहरु बाट रु २५ लाख जम्मा भैसकेको नमुना विद्यालय अभियान संयोजक प्रेम बहादुर ओलीले बताउनु भयो।

विद्यालयको फिल्ड निर्माण कार्य जारी रहे पनि उक्त फिल्ड निर्माणको स्रोत (सहयोगी दाताहरु) खोजी भैरहेको भन्दै संयोजक ओलीले सहयोगका लागि दाताहरुलाइ आग्रह गर्नु भएको छ।

एनआरएनए बेल्जियम महिला फोरोमको आयोजनमा १०६ औं नारी दिवस भव्यताका साथ संपन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK