द्रुत मार्ग निर्माणका लागि कार्यदल गठन

ENGLISH

POLITICS

द्रुत मार्ग निर्माणका लागि कार्यदल गठन

22 December, 2016 | Sandeep Bhattarai | 990 Views | comments

द्रुत मार्ग निर्माणका लागि कार्यदल गठन

सरकारले काठमाडौँ–तराई मधेस दु्रत मार्ग निर्माणको पूर्वाधार अध्ययनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।

सो मार्ग नेपाल सरकार आफैंले बनाउने यसअघि घोषणा भएकामा बिहीबारको  मन्त्रिपरिषद्को बैठकले भारतीय कम्पनीले यसअघि बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई उपयोग गर्न सकिने÷नसकिने, वित्तीय स्रोत व्यवस्थापन कसरी खोजी गर्ने भन्नेबारेमा एक महिनाभित्र सो कार्यदलबाट सुझाव लिने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दु्रत मार्ग बनाउन आम नागरिकसँग आह्वान गरी रकम सङ्कलन वा सरकारका कुनै संस्थाका रकम खर्च गर्ने भन्नेबारेमा कार्यदलले सुझाव दिने जानकारी दिनुभयो ।

प्रदेश निजामती सेवा विधेयक ल्याइने

बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको छ । ‘‘प्रदेशमा कर्मचारीतन्त्र कस्तो हुन्छ भन्ने सम्बन्धमा यो विधेयक महत्वपूर्ण सावित हुनेछ ।’’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भन्नुभयो ।

संविधान प्रदत्त बाटोबाट निकास

बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको बताउँदै मन्त्री कार्कीले संविधान संशोधन विधेयक के हुन्छ भन्ने प्रश्नमा ‘सरकार संविधान प्रदत्त बाटोबाट अघि बढ्न चाहने’ जनाउनुभयो ।

इञ्जिनियरसँग वार्ता हुने

भूकम्पपछिको पुनःनिर्माणमा खटिएका प्राविधिक इञ्जिनियहरुले सेवा सुविधा कम भएको जनाउँदै दिएको सामूहिक राजीनामाबारे सरकारले वार्ता गरेर समस्या समाधान गर्ने उहाँले जानकारी दिनुभयो ।

खेलाडीलाई पुरस्कार, शुक्लाफाँट निकुञ्जमा रुपान्तरण

बैठकले राष्ट्रिय फुटबल टिमलाई कुल रु ७५ लाखबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । शुक्लाफाँट वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

यसैगरी शान्ति कोष स्थापना र कृत्रिम अङ्ग प्रदानसम्बन्धी व्यवस्थापनका लागि एक अलग्गै स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नियुक्ति
यस्तै नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा रोबसकुसुम सुवेदी र काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरिएको छ ।

किन रोकियो निजगढ एयरपोर्ट र फास्ट ट्रयाक ? (भिडियोसहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK