दोस्रो खेलमा पनि नेपाली चेलीको उत्कृष्ट प्रदर्शन, माल्दिभ्स ९-० ले पराजित

ENGLISH

SPORTS

दोस्रो खेलमा पनि नेपाली चेलीको उत्कृष्ट प्रदर्शन, माल्दिभ्स ९-० ले पराजित

29 December, 2016 | Sandeep Bhattarai | 1060 Views | comments

 साफ महिला च्याम्पियनसिप

सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउने क्रममा सावित्रा एक्लैले पाँच गोल गरेकी थिइन् भने मञ्जलीकुमारी योन्जन, सपना लामा, हीराकुमारी भुजेल र निर्मला विकले एक÷एक गोल गरेका थिए । योन्जनले ५२ औँ, लामाले ६५ औँ, भुजेलले ७४ औँ र विकले ९१ औँ मिनेटमा एक÷एक गोल गरे । नेपालका लागि सावित्राले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् ।

नेपालका लागि सावित्राले १२ औँ, २८ औं र ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । अट्ठाइसौँ मिनेटमा उनले दीपा राईको पासमा गोल गरेकी थिइन् । त्यसैगरी ३१ औँ मिनेटमा अनिता बस्नेतको प्रहार गोलकिपरको हातमा लागेर फुत्किएपछि सावित्राले त्यसलाई गोलमा परिणत गरेकी थिइन् । त्यसैगरी, सावित्राले नै ५० औँ मिनेटमा चौथो गोल गरेकी थिइन् भने ६३ औँ मिनेटमा पाँचौ गोल गरिन् ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो । उक्त प्रतिस्पर्धामा सवित्राले दोहोरो ह्याट्रिक गरेकी थिइन् । खेलको पहिलो हाफमा ३–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा ६ गोल गरेको थियो । पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि ह्याट्रिकसहित पाँच गोल गरिन् ।

आजको जीतसँगै समूह ए मा रहेको नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेपालसँग पराजित माल्दिभ्स ३ अङ्कसहित दोस्रो स्थानमा छ । अब नेपालले शुक्रबार श्रीलङ्कासँग लिगको अन्तिम खेल खेल्नेछ । लगातार दोस्रो जित निकालेको नेपाली टोलीले सेमिफाइन यात्रासमेत पक्का गरेको छ ।

नेपाल र माल्दिभ्सको महिला राष्ट्रिय टिम चौथोपल्ट आपसमा प्रतिस्पर्धामा ओर्लिएका हुन् । यसअघि भएका तीनै खेल नेपालले सजिलै जितेको थियो । सन् २०१० मा कक्सबजारमा भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा नेपालले ६–०, कोलम्बोमा २०१२ मा भएको तेस्रो साफमा ५–० र सिलोङमा २०१६ मा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले २–० को जित हात पारेको थियो ।

साफ महिला च्याम्पियनसिप : नेपालद्वारा भुटान ८-० ले पराजित

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK