देश विदेशीको हातमा पुग्ने खतरा बढ्यो : बिजुक्छे

ENGLISH

POLITICS

देश विदेशीको हातमा पुग्ने खतरा बढ्यो : बिजुक्छे

11 September, 2016 | Sandeep Bhattarai | 1190 Views | comments

नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको आइतबार उद्घाटन गर्दै उहाँँले ठूला दलले राजनीतिक स्वार्थ त्याग्न नसक्दा देशमा सङ्कट बढ्दै गएको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले निर्माणलगायत विभिन्न क्षेत्रको जिम्मेवारी भारतलाई दिँदा नेपाल भारतको चङ्गुलमा फस्दै गएको आरोप लगाउँदै “पुँजीवादी दल विदेशी चङ्गुलमा फस्दै गएका थिए, अहिले सरकारमा सहभागी कम्युनिस्ट भन्ने दलले पनि समाजवाद छाडेर पुँजीवादतर्फ पलायन हुँदा देश झन् खतरामा परेको छ ।” भन्नुभयो ।

नेपाललाई खतरा हुने कुनै पनि सन्धि सम्झौता सरकारले गर्न नहुनेतर्फ औँल्याउँदै उहाँले दलले राजनीतिक स्वार्थ त्याग्नुपर्नेमा जोड दिनुभयो । बिभिन्न दाताबाट सङ्कलन भएको ३१ लाख २९ हजार ८३५ रुपैयाँको लागतमा सत्तल निर्माण भएको समितिले जानकारी दिएको छ ।

सिरु बौद्धिकमा विष्ट चयन
सिरु बौद्धिक समाजको अध्यक्षमा ध्रुवराज विष्ट सर्वसम्मतले चयन हुनुभएको छ । अनन्तलिङ्गेश्वर नगरपालिका सिरुटारस्थित समाजको १६औं साधारणसभाले उपाध्यक्षद्वयमा राजकुमार श्रेष्ठ र रमन कायस्थ, सचिवमा सनोद थापा, कोषाध्यक्षमा गीताप्रसाद पोखरेल र सहसचिवमा शान्ति कायस्थलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यमा राजेन्द्र श्रेष्ठ, रामकृष्ण कार्की, खम्ब राई, भगवती थापा, नातिकाजी बस्नेत, नातिबाबु बुढाथोकी र रवीन्द्र थापा चयन भएका छन् ।

यो पनि हेर्नुस – सरकार परिवर्तन भए देशमा ठूलो सङ्कट :अध्यक्ष बिजुक्छे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK