देश बनाउने अभियानमा जिग्री : यसरी सुरु गर्दैैछन् न्युट्रल जनता अभियान

ENGLISH

ENTERTAINMENT

देश बनाउने अभियानमा जिग्री : यसरी सुरु गर्दैैछन् न्युट्रल जनता अभियान

24 July, 2016 | Bhawana Pathak | 845 Views | comments

हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन् । राजनितिको फोहोरी खेलले देश झनै बिग्रदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुन उनले एक लेखमार्फत आग्रह गरेका हुन् । यस्तो छ, उनले जनतामा गरेको अपिल ।

jigree

हामी जनता कस्तो भने चुनाव आएको बेलामा मेरो पार्टी यस्तो, मेरो नेता यस्तो भनेर तीन फिटमाथि उचालिन्छौं । नेता र पार्टीका लागि घरपरिवार सबै बिर्सिन्छौं । अनि तेरो पार्टीभन्दा मेरो पार्टी ठिक, तेरो नेताभन्दा मेरो नेता ठिक भनेर एक अर्काको टाउको फोर्छौं । जब चुनाव जितेर नेता जान्छन् आफ्नो गाउँमा विकास हुँदैन र हुन लागेपनि विभिन्न अवरोध खडा पर्छन् । सोचेजस्तो हिसाबले देश पनि अघि बढ्दैन, नेताले दिएको आश्वासनहरु पनि पूरा हुँदैनन् । अनि तिनै एकअर्काको टाउको फुटाउने हामी जनता चोकको चिया पसलमा जम्मा हुन्छौं, अनि ‘अनेक थरीका गफ निकालेर कुरा काट्न थाल्छौं ।’

वास्तवमा नेताको राजनीतिले भन्दा हामी जनता–जनताबीचको राजनीतिले गर्दा हाम्रो देश नेपाल यो अवस्थामा आइपुगेको हो । हामी खाली यो नेता त खत्रै हो, भाषण त बबालै दियो भन्ने गर्छौं । अनि चुनावमा नेता आउँदा शिर निहुराएर हजुर भन्दै आउँछन्, भोट माग्छौं, जिताएर पठाउँछौं र चुनावपछि नेताले सिन्को केही नभाँचेपछि चिया पसलमा त्यही नेताको कुरा काट्नमा मात्र सीमित रह्यौं ।

हिजो राजनीतिले भविष्यमा सबथोक दिन्छ, विकास दिन्छ, भविष्य दिन्छ भनेर राजनीतिमा होमिएका हाम्रो बुवा आमाहरुको आज कसैको छोरो छैन, कसैको छोरालाई विदेश पुर्याएको छ भने कसैको छोरालाई देशमै बेरोजगार बनाइदिएको छ ।५० औं वर्ष राजनीतिमा बिताएका हाम्रा पुर्खाहरुको उपलब्धी यही हो ? पुर्खाहरुले सोचेको विकसित नेपाल यही हो ? अनि हाम्रा पुर्खाहरुले देख्न नपाएको नयाँ र विकसित नेपाल हाम्रो पुस्ताले पनि देख्न नपाए हामी के गर्ने, यो बारेमा पनि हामी सबैले मनन गर्ने कि ?

त्यसैले अब नेता र पार्टीको नाममा विद्यार्थी–विद्यार्थीबीच झगडा हैन, मजदुर–मजदुरबीच झगडा हैन, युवा–युवाबीच झगडा हैन, हामी नेपाली–नेपालीबीच झगडा हैन, हामी सबै नेपाली एक हौं र सुरु गरौं यो फोहोरी राजनीति खेलविरुद्व जनताको आन्दोलन ।अब हामी सबै मिलेर यस्तो आन्दोलन गरौं जसले भाषण र विनाश हैन काम र विकास मागोस् र त्यो हो नेता र राजनीतिविरुद्व विकासको आन्दोलन । देश विकासको लागि स्वतन्त्र युवाको खाँचो छ । त्यसैले सबै पार्टी नेता त्यागेर आउनुस् छलफल गरौं र मागौं विकास, अनि सुरु गरौं विनाशको आन्दोलन । स्वतन्त्र भएर काम गरे के हुन्न ? धुर्मुस–सुन्तलीबाट सिकौं, त्यसैले बेला आएको छ, ढिलो नगरी सुरु गरौं ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK