देवी लक्ष्मी ८० दिनपछि कोमाबाट उठिन्

ENGLISH

NRN GLOBAL

देवी लक्ष्मी ८० दिनपछि कोमाबाट उठिन्

दुबई

8 May, 2017 | Sandeep Bhattarai | 970 Views | comments

देवी लक्ष्मी श्रेष्ठ

एक नेपाली महिला ८० दिन कोमामा रहेर उठ्न सफल भएकी छिन् । ३१ बर्षिया देवी लक्ष्मी श्रेष्ठ कोमामा गइसकेको अवस्थामा पुन उठ्न सफल भएकी हुन् ।

उनी गत अप्रिल ९ तारिखको दिन विहान कोमाबाट उठ्न सफल भएकी हुन् । अस्पतालको बेड छेउमै बसेका देवीका पति ३२ बर्षिय लोकेन्द्र श्रेष्ठले आफ्नी पत्नी कोमाबाट व्यूँझिएको जानकारी चिकित्सकहरुलाई गराएका थिए । उनलाई दुवईको अस्तर अस्पतालमा राखिएको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सर्वेज विचुले यो चमत्कार भएको बताए । उनी बाँच्न सफल हुन्छिन् भन्नेमा समेत शंका रहेको अवस्थामा उनी यसरी व्यूँझनु चमत्कार हो उनले भनेका छन् । देवीका पतिले आफ्नी पत्नीको स्याहार सुसार गरेको देखेर आफूहरुलाई उनको उपचारमा थप सक्रिय भएर लाग्न प्रेरित गरेको समेत उनले बताएका छन् । लोकेन्द्रले आफ्नी श्रीमति नबाँचेमा आफू पनि उनीसँगै मर्ने बताउँदै आएको चिकित्सकहरुको भनाई छ ।

देवी र लोकेन्द्रको युएईमा पुगेर काम गर्न थालेपछि प्रेम भएको थियो । उनीहरु एक कफिसपमा काम गर्दथे र गत बर्ष मात्र विवाह गरेका थिए । कोमामा हुँदा देवी ६ महिनाकी गर्भवति थिइन् ।

अकस्मात उच्च ज्वरो तथा वान्ता गर्न थालेकी देवीलाई अस्पताल पुर्याइएको थियो । अस्पताल लगेको तीन दिन पश्चात देवी कोमामा पुगेकी थिइन् । उनलाई झण्डै तीन महिनादेखि भेण्टिलेटरमा राखिएको थियो ।

पछि उनलाई दैनिक रुपमा फिजियोथेरापी गर्ने गरिएको अस्पतालले जनाएको छ । नेपाल घर खोटाङ भएकी देवी अव हिंडेर नै उनको घर जान सक्ने चिकित्सकहरुले बताएका छन् । आफूले वितेको एक सय दिनको कुनै कुरा सम्झना नरहेको देवीको भनाई छ । उनले आफू कुनै रेलमा यात्रा गरिरहेको र एक महिलाले उनको विशेष स्याहार गरेको सपना देखेको बताइकी छिन् । “सायद उनी मलाई बचाउने देवी हुनुपर्दछ” उनले भनिन् ।

अव उनी घर फर्किन चाहन्छिन् र अंग्रेजी भाषा पढाउने एक संस्था खोल्न चाहन्छिन् । तर अस्पतालका चिकित्सकहरुले अझै पनि ६ महिनासम्म उनले आराम गर्नुपर्ने र थप उपचार गर्नुपर्ने बताएका छन् ।

गल्फ न्यूजबाट

कोमामा रहेका नेपाली कामदारका परिवार भन्छन्— ‘ल्याएर कहाँ राख्ने ?’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK