देवीमायालाई सहयोग गर्न एनआरएनए युएईले सक्रियता देखायो

ENGLISH

NRN GLOBAL

देवीमायालाई सहयोग गर्न एनआरएनए युएईले सक्रियता देखायो

रामप्रसाद ढुंगेल

4 May, 2017 | Bipin Acharya | 690 Views | comments

मुटु र फोक्सोमा समस्या भएर विगत चार महिनादेखि युएईको अस्पतालमा उपचाररत देवीमाया लामा श्रेष्ठको उपचारमा सहयोग गर्न एनआरएन युएईले सक्रियता देखाएको छ । एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले लामाको उपचारमा सहयोग गर्न एनआरएन युएईले अभियान चलाएको  जानकारी दिए ।

अध्यक्ष कार्कीले व्यक्तिगत रुपमा पाँच सय दिराम्स (करिब १४ हजार ५ सय रुपैयाँ) देवीमायाको उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अभियानमा सहयोग गर्न युएईमा क्रियाशील सबै नेपाली संघसंस्था, व्यावसायी तथा सर्वसाधारणलाई आग्रह गरेका छन् ।
देवीमायाको विषयमा समाचार प्रकाशन भएपछि सहयोग गर्ने दाताहरु सम्पर्कमा आउन थालेको बिरामीका श्रीमान लोकेन्द्र श्रेष्ठले बताएका छन् ।

एनआरएनले युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सम्बोधन गर्दै एक नेपालीलाई परेको समस्यमा अर्को नेपालीले सहयोग गर्न आग्रह गरेको छ ।

बिरामी लामाको उपचारमा आजसम्म नेपाली १ करोड भन्दा बढी रकम खर्च भइसकेको र उक्त रकमको केही अंश बिमा कम्पनीले चुक्ता गर्ने भनिए पनि हालसम्म अस्पतालको बिल चुक्ता नभएको बिरामीका श्रीमान्ले बताएका छन् ।

लामाको सहयोग स्वरुप केही रकम उठेको भएता पनि बिमारीलाई थप उपचारार्थ र हस्पिटलबाट डिस्चार्ज गरी नेपाल पठाउन लगभग ५० हजार दिराम्स (करिब १५ लाख रुपैयाँ) को आवश्यकता पर्ने लामाका श्रीमान लोकेन्द्र श्रेष्ठले बताएका छन् ।

यसैबीच, अबुधाबीमा रहेका नेपाली व्यावसायी तथा सर्वसाधारण नेपालीहरुले लामाको उपचारमा २ हजार ३ सय २४ दिराम्स (करिब ६५ हजार रुपैयाँ) सहयोग गरेको गायक प्रकाश पौडेलले जानकारी दिएका छन् ।

बिरामी लामाको उपचारमा हालसम्म हेल्पिङ हेन्ड, धरान समूहले ६ सय दिराम्स, विवेकशील नेपाली युएईले १ हजार ५ सय ५० दिराम्स, खोटाङ सेवा समाजबाट ३ हजार २ सय ५० दिराम्स, ताप्लेजुङ सेवा समाजबाट २ हजार ३ सय ४६ दिराम्स, लमजुङ सेवा समाजबाट १ हजार १२ दिराम्स सहयोग प्राप्त भएको बिरामीका श्रीमान लोकेनले जानकारी दिएका छन् ।

नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उपस्थित नेपालीहरुबाट संकलित २ हजार २ सय ६० दिराम्स सहयोग प्राप्त भइसकेको र उदयपुर सेवा समाज लगायत केही व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोगको प्रतिबद्धता गरेका छन् ।

बिरामी लामालाई सहयोग गर्न एनआरएन युएईका क्षेत्रीय समितिका पदाधिकारीलाई सम्पर्क गर्न वा इमिरेटस एनबीडी बैंकको खाता नम्बर १०१ ४२४४६५९००१ मा सिधैं रकम जम्मा गर्न एनआरएन युएईले आग्रह गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK