देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

ENGLISH

NRN GLOBAL

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

11 November, 2018 | Sandeep Bhattarai | 1395 Views | comments

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा रहेर निरन्तर नेपाली भाषा र साहित्यमा कलम चलाउने साहित्यकार डा.शिलु घिमिरे न्यौपानेलाई एक समारोहबीच सम्मान गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठी तथा श्रष्टा सम्मान समारोहमा, कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, कवि, कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार डा.शिलुलाई सम्मान गरिएको हो ।

महाकवी देवकोटाको फोटोमा माल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा स्वयं देवकोटाको हात सुमसुम्याउने अवसर पाएका साहित्यकार रत्नकाजी तुलाधर, वरिष्ठ साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल लगायतका वक्ताहरुले महाकवी देवकोटाले नेपाली साहित्य क्षेत्रमा दिएका योगदानको चर्चा गरेका थिए ।

त्यसैगरी गायिका उषाकिरण अधिकारीले देवकोटाको मुनामदनबाट उदृत गरिएको गीत “ईश्वर तैले रचेर त्यसै कसरी बिगारिस” र मनोजकाजी तुलाधरले “कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो” भन्ने देवकोटाको यात्री कविताको गीत गाइ उहाँ प्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

“हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले” देवकोटाले त्यो जमनामा मुनामदन मार्फत उल्लेख गरेका सामाजिक संन्देशहरु आजसम्म पनि जस्ताको तस्तै समय सान्दर्भिक रहेको छ । उनका मुनामदन, शकुन्तला, कुञ्जीनी जस्ता अमरकृतीहरुले नेपाली भाषा साहित्यमा अहिलेपनि महत्वपूर्ण टेवा दिईरहेका छन् ।

त्यसैगरी सोही कार्यक्रममा प्रवासमा रहेर निरन्तर नेपाली भाषा र साहित्यमा कलम चलाउने साहित्यकार डा.शिलु घिमिरे न्यौपानेलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, वरिष्ठ साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल, महासचिव श्याम श्रेष्ठ लगायतका महानुभावहरुले फूलको माला लगाई दिई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वले नेपाली भाषा साहित्य क्षेत्रमा पुर्याएको योगदानको बारेमा साहित्यकार ज्ञानेन्द्र गदालले प्रकाश पारेका थिए ।

काठमाडौको रत्नराज्य क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पछि अध्यानको सिलसिलामा प्रवास लागेकी शिलुले साहित्यमा विद्यावारिधी गरिसकेकी छिन् । शिलुका मन्थन, परदेशको देशमा, पीआरको पीर जस्ता आधा दर्जन भन्दा बढी सृजनाहरु सार्वजानिक भैसकेका छन् ।

आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुंगेलको अध्यक्षतामा तथा सम्मानित व्यक्तित्व डा.शिलु घिमीरे न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासचिव श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने, संस्थाका सल्लाहकार कुमारजंग कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा सम्मानित शिलुले आफूलाई सम्मान गर्ने संस्थालगायत कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै, आफ्नो साहित्य यात्राका अनुभवहरु प्रस्तुत गरेकी थिइन्, भने ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, कुमारजंग कार्की लगायतका कवि कवयत्रीहरुले रचना प्रस्तुत गरेका थिए ।

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्देश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम हुँदै आएको छ ।

लक्ष्मीप्रसाद देवकोटाको जयन्तीसंगै कोलोराडोमा कवि गोष्ठी हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK