दुर्घटनामा परेका सुशीलले पाए डेढ करोड रुपैयाँ क्षतिपूर्ति

ENGLISH

NRN GLOBAL

दुर्घटनामा परेका सुशीलले पाए डेढ करोड रुपैयाँ क्षतिपूर्ति

28 October, 2017 | Bipin Acharya | 1810 Views | comments

कतार मरुभूमीमा पुगेर सडक निर्माणको काममा खटिँदै गर्दा नसोचेको दुर्घटनामा परेका धनुषा, हरिहरपुरका सुशीलकुमार यादवले घटनाको झण्डै २ वर्षपछि ‘पूर्ण अपाङ्गता’ आधारको क्षतिपूर्ति पाएका छन् ।

निर्माणको काम गर्ने क्युबिसी कम्पनीसम्बद्ध रहेर सेफ्टी–हेल्परको काममा जोडिएका यादव सडक निर्माणको कार्यरतस्थलमै दुर्घटनामा परेर ह्वीलचेयर र सहयोगीका भरमा हिँड्डुल गर्न सक्ने भएका थिए ।

‘दोहा नजिकै मन्सुरामा सडकको पाइपलाइनमा काम गरिरहेका बेला रातको दुइ बजे एउटा गाडीले आएर हानेको सम्झना छ, त्यसपछिका २० दिन बेहोस भएछु,’ सनैयास्थित एक प्रतिष्ठित कम्पनीमा आबद्ध सुशीलले हालै भनेका थिए, ‘त्यसपछि हमाद र रुमैला हस्पिटल हुँदै उपचार गर्दा पनि कम्मर मुनिको भाग नचल्ने भएको छ, ह्वीलचेयर र एकजना सहयोगीका भरमा दुइ वर्षयताको जीवन धानिरहेको छु ।’ सुशीलसँग स्पाइनल कर्ड (सी–सिक्स)को गम्भीर समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

आफू राम्रै कम्पनी(क्युबीसी)सम्बद्ध रहेको र कागजातमा कानुनी हैसियत रहेकाले अहिले सबै रेखदेख कम्पनीबाटै भइरहेको सुशीलले जानकारी दिएका थिए । उनको साथ–सहयोगका लागि कम्पनीले सिरहा घर भएका ४२ वर्षीय रामेश्वर दासलाई पुरै जिम्मा दिएको छ । दिसा–पिसाब गराउनेदेखि ह्वीलचेयरमा राखेर कम्पनी क्याम्प वरपर डुलाउने काम रामेश्वरले गरिरहेका छन् ।

कम्पनीले झण्डै १ हजार रियालको मासिक तलब पनि नियमित रुपमा दिइरहेकै छ । २६ वर्षे अविवाहित सुशीलले रोजगारदाता नियम र बीमा शुल्कसहित गरेर तत्काल ५ लाख ५० हजार रियाल (झण्डै १ करोड ६५ लाख रुपैंया) क्षतिपूर्ति पाएका छन् । उनको क्षतिपूर्ति रकम उठाउन पछिल्ला महिनामा दोहास्थित नेपाली दूतावासले पनि ताकेता गरिरहेको थियो ।

‘अब घर फर्केर फरक जीवन जिउन चाहन्छु,’ सुशीलले भने, ‘कतार आएको ८ वर्ष भैसकेको छ, फर्केर जान पाएको छैन । अब यो बिकलाङ्ग रुपमा घर फिर्दैछु, दु:ख पनि लागिरहेको छ ।’कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK