दुरा लमजुङ समाज जापानको अध्यक्षमा चयन

ENGLISH

NRN GLOBAL

दुरा लमजुङ समाज जापानको अध्यक्षमा चयन

9 January, 2017 | Sandeep Bhattarai | 1070 Views | comments

लमजुङ समाज जापानको प्रथम साधारण सभा हालै टोकियोमा सम्पन्न भएको छ । सभाले पुनः ऋतुकुमार दुराको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

लमजुङ समाज जापान

समाजको वरिष्ठ उपाध्यक्षद्वयमा लिल गुरूङ र गुनीमाया गुरूङ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा शैलेन्द्र मिश्र, महासचिवमा बुद्धिराज घिमिरे, सचिवमा दामोदर धिताल, सह-सचिवमा सोम गुरूङ, कोषाध्यक्षमा मिनराशी गुरूङ, सह-कोषाध्यक्षमा अमृता घले चयन भएका छन् ।

सदस्यहरूमा हिमाल गुरूङ, इश्वरी न्याैपाने, अावाश गुरूङ, नरेन्द्र गुरूङ, सोम गुरूङ, भरत बर्लाकोटी, गीता घले, डम्बर गुरूङ, लक्ष्मण गुरूङ, महेन्द्र न्याैपाने, सिद्धार्थ गुरूङ, रोशन गुरूङ, डिनु गुरूङ र दिलजंग गुरूङ चयन भएका छन् । यस्तैगरि समाजको सल्लाहकारमा थमवहादुर गुरूङ, गोपाल जंग घले र गीता कुमारी घले चयन भएका छन् ।

अध्यक्ष ऋतुकुमार दुराको सभापतित्वमा सम्पन्न भएको पहिलो खुल्लासत्र कार्यक्रममा प्रमुख अतिथि थमवहादुर गुरूङ रहनुभएको थियो । सभाले समाजको विधान मस्याैदामा छलफल गरी विधान पारित गरेको थियो । त्यसैगरी समाजको अार्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष मिनराशी गुरूङले प्रस्तुत गरेका थिए भने वार्षिक प्रतिवेदन निवर्तमान महासचिव बुद्धिराज घिमिरेले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनउपर पनि छलफल गरी सर्वसम्मतिबाट पारित गरिएको थियो ।

कार्यक्रममा थमवहादुर गुरूङ र गुनीमाया गुरूङलाई समाजमा स्वागत तथा सम्मान गरिएको थियो ।

समाजले माघे संक्रान्तिमा भेटघाट कार्यक्रम गर्ने

नजिकिंदै गरेको माघे सक्रान्तिको दिन लमजुङ समाज जापानले भेटघाट तथा माघे संक्रान्तिको शुभकामना अादानप्रदान गर्ने कार्यक्रमको अायोजना गरेको छ । यही जनवरी १४ तारिक शनिवार बेलुकी ७ बजेदेखि इकेवुकुरोस्थित फुनवारी डाइनिङ रेष्टुरेन्टमा कार्यक्रम हुन गईरहेको छ ।

मध्य हिउँदको एक महत्वपूर्ण महिना माघ र यसको पहिलो दिन नेपालमा माघे सक्रान्ति अर्थात मकर सक्रान्तिको रूपमा मनाउने गरिन्छ । नेपालमा यस दिन विहानै धारा पँधेरा तथा खोला किनारमा गई नुहाएर चोखो भई पूजा-अाजा तथा अाफन्तजनहरूको ढोगभेट गर्ने, तरूल, सख्खरखण्ड, पिडालु लगायतका कन्दमुलहरू, रोटी, खिचडी लगायतका परिकारहरू खाने प्रचलन छ ।

साेही अनुरूप समाजले माघेसक्रान्ति पर्वकै दिन जापानमा रहेका लमजुङेहरूको भेटघाट, अापसी भाइचारा र सम्बन्ध अझ सुमधुर गराउन यो कार्यक्रमको अायाेजना गरिएको नवनियुक्त अध्यक्ष ऋतुकुमार दुराले बताउनुभयो । साथै समाजले विभिन्न पेशा तथा व्यवसायले जापानमा रहेका सम्पूर्ण लमजुङेहरूलाई उक्त दिन उपस्थित भई एक अापसमा माघे सक्रान्तिको शुभकामना अादान प्रदान गरी लमजुङ समाज जापानमा अावद्ध भइदिन पनि अनुरोध गरेको छ ।

लमजुङ समाज जापान

‘हाम्रो लमजुङ, राम्रो लमजुङ’ भन्ने मूल नारा सहित समग्र लमजुङको विकासमा हातेमालो गर्दै, जापानमा रहेका लमजुङेहरूलाई एकतावद्ध गरी अन्य संघसंस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने समाजकाे उद्देश्य रहेको छ ।

अँग्रेजी नयाँ बर्षको अवसरमा जापान नेपाली एकता समाजको सांगीतिक कार्यक्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK