दुबईमा रुपन्देही सेवा समाज युएईद्धारा तीज कार्यक्रम गरिने

ENGLISH

NRN GLOBAL

दुबईमा रुपन्देही सेवा समाज युएईद्धारा तीज कार्यक्रम गरिने

लालबहादुर ढेंगा, दुबई, युएई

29 July, 2017 | Sandeep Bhattarai | 875 Views | comments

“तीज विशेष सांझ २०७४

आगामी १८ अगस्त शुक्रबारका दिन दुबईको होलीडे ईन होटलमा नेपालबाट आउने अतिथि कलाकारहरुका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीमा “तीज विशेष सांझ २०७४” सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

सो कार्यक्रम महिलाहरुको महान पर्व तीजको अवसर पारेर रुपन्देही सेवा समाज युएईले विगतमा जस्तै यसपालि पनि गर्न लागेको हो । उक्त कार्यक्रममा नेपालबाट आउने अतिथि कलाकारहरु चर्चित लोक गायक खुमन अधिकारी, लोक गायिका निर्मला थापा मगर र नायिका, मोडल तथा नृत्यगना बिना थापाका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरु भुवन मगर, कमल बिक, नरेन सापकोटा, बाबुराम परियार, सोनु राना, सुदीप गैरे, हरि डुम्रे, नविन अर्याल, शानिका थापा र अर्जुन न्यौपानेको प्रस्तुतीहरु रहने छ ।

महिलाहरुको पर्व नजिकिदै जांदा युएईमा तीजको चहलपहल तिब्र रुपमा बढ्न थालेको छ । तयारीका लागि बजारमा महिलाहरुको घुईचो लागेको देख्न सकिन्छ । वैदेशिक रोजगारीका सिलसिलामा प्रवासको भूमिमा रहेता पनि यसपालिको तीजमा भने नेपालबाट आउने कलाकार खुमन अधिकारी, निर्मला थापा र बिना थापाका साथ छमछम्ती नाचेर माईतीको सम्झना मिटाउने भएका छन् । यस कार्यक्रमका लागि युएईस्थित कार्यरत दाजुभाई तथा दिदीबहिनीहरु निकै उत्साहित भएको पाईन्छ ।

नेपालबाट आउने अतिथि कलाकारहरु युएईको दर्शकहरुका लागि नौलो होईन, खुमन अधिकारी पाचौं औं पटक आउंदै छ भने निर्मला थापा मगर दोस्रो पटक आउंदै छ । त्यसैगरी बिना थापा पनि तेस्रो पटक आउने भएको हो । परिचित कलाकारहरु भएकाले धुलो उडाउने पूर्व तयारी भएको पाईन्छ । कार्यक्रम हुने विशाल हलमा नाच्न र बस्नको लागि बिशेष व्यवस्था पनि गरिएको छ ।

सन् २०१४ मा रुपन्देही वासीहरुको पहलमा स्थापना भएको रुपन्देही सेवा समाज युएईले स्थापनाकालदेखि उद्धार कार्यहरुमा आफ्नो सहभागिता जनाउंदै विभिन्न पर्वहरु पनि मनाउंदै आएका छन् । आयोजक समिति कार्यक्रम तयारीका लागि सशंक्त रुपमा लागिपरेको छ । कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा रहेको जानकारी अध्यक्ष हरिप्रसाद चापागाईले दिएको छ । यसै समाचारको आधारमा उपस्थितिका लागि सबैलाई आग्रह समेत गरेको छ ।

गायिका श्रृजनाको तीज कोशेली ‘लाउरे माया’ (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK