दुबईमा फिस्टेल कन्सर्ट–२ हुँदै

ENGLISH

NRN GLOBAL

दुबईमा फिस्टेल कन्सर्ट–२ हुँदै

14 September, 2015 | Sandeep Bhattarai | 890 Views | comments

अनिता न्यौपाने, दुबई–आगामी अक्टुबर २ मा आयोजना हुन लागेको फिस्टेल कन्सर्ट–२ मा प्रवासी नेपाली संघ, अलकुज क्षेत्रीय समिति र क्रियटिभ ग्रुपले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । पहिलो फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले सामाजिक संस्थाहरुसँग सहकार्य गर्दा कार्यक्रम अझ प्रभावकारी हुने बताएका छन् ।

7

पछिल्लो समय ढाडे बिरालो………..बोलको गीतमा मोडलिङ गरी विवादमा तानिएकी ग्ल्यामरस लोक गायिका ज्योति मगरका साथमा गायक शिव परियार उक्त कन्सर्टमा मुख्य आकर्षक रहने छन् । ज्योति मगर आउने हल्लाले दुबईका नेपाली युवाहरुहरु उत्साहित भएका छन् ।

ज्योति मगर र शिव परियारलाई पहिलोपटक दुबईको मञ्चमा उतार्न लागेका कारण यसपालिको कन्सर्ट ऐतिहासिक रुपमा सञ्चालन हुने आयोजकहरुले बताएका छन् । यसअघि ज्योति यूएईका एलऐन सहरमा आएर बबाल प्रस्तुति दिइसके पनि दुबईका नेपाली दर्शकहरुका लागि ज्योति र शिव पहिलोपटक दुबई आउने भएका हुन् ।

आफ्नो पहिरन तथा फरक प्रस्तुतिका कारण धेरै युवाहरुको रोजाइमा पर्न सफल ज्योतिले यूएईको देरामा रहेको एसियाना होटलको नाइट क्लबमा उत्तेजक पहिरनका साथ गीत गाउने र बबाल धमाका मच्चाउने अर्का आयोजक प्रवासी नेपाली संघका समिम खानले दाबी गरेका छन् ।

ज्योति मगरको साथमा नेपाली सुगम संगीतमा चर्चित गायक शिव परियारले यूएईबासी नेपालीहरुलाई मनोरन्जन दिनेछन् । त्यसरी नै अस्टेलियाबाट पपगायिका स्मृति पोखरेलले आफ्ना लोकप्रिय गीतहरु यूएईबासी नेपालीहरुमाझ पस्कनेछिन् । नेपाली पपगायनको क्षेत्रमा चर्चाको शिखर चढ्दै गएका गायक बादल प्रसाई र रमेश क्षितिज पनि कन्सर्टको सफलताका लागि नेपालबाट आउने भएका छन् । उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने छन् ।

देराको पाँच तारे एसियाना होटलमा अक्टुबर २ को साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारले यूएईबासी नेपालीहरुलाई तताउने भएका छन् । पहिलेका कमजोरीहरुलाई सुधार गरी दोस्रो शृंखलालाई भव्य, सभ्य र पूर्ण मनोरन्जनात्मक बताउने आयोजकले दाबी गरेका छन् । यस कन्सर्टको मुख्य स्पोन्सर फिस्टेल ट्राभल नै रहेको छ ।

पछिल्लो समयमा यूएईको नेपाली समुदायमा भव्य सांगीतिक कार्यक्रमहरु हुँदै आएका छन् । तीजको अवसरमा त साप्ताहिक रुपमा नेपालका चर्चित कलाकारहरुले तात्तिदै गएको यहाँको वातावरणलाई नियमित तताइरहेका छन् । यूएईमा नेपाली सुगम संगीत, चलचित्र, लोक तथा पप संगीतको क्षेत्रका चर्चित कलाकारहरुको ओइरो लाग्न थालेको छ ।

– See more at: http://www.nepaljapan.com/2015/09/14/203315/#sthash.kkRlOgZW.dpuf

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK