दुबईमा नयाँ बर्ष २०७४ को अवसरमा सांस्कृतिक कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

दुबईमा नयाँ बर्ष २०७४ को अवसरमा सांस्कृतिक कार्यक्रम हुने

लालबहादुर ढेंगा, दुबई, युएई ।

23 April, 2017 | Sandeep Bhattarai | 725 Views | comments

सांस्कृतिक कार्यक्रम

आगामी ५ मे २०१७ का दिन दुबईको होलीडे ईन होटलको भव्य हलमा एभरेष्ट मिडियाको प्रस्तुती तथा पाल्पाली समाज युएईको आयोजनामा नेपालबाट आउने तीन जना अतिथि कलाकार (बद्रि पंगेनी,सपना गाहा र बिना थापा) का साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुतीमा नयाँ बर्ष २०७४ सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ ।

सो कार्यक्रम समाजको दोस्रो बार्षिकोत्सव तथा नयाँ  बर्ष २०७४ को अवसर पारेर गरिने भएको हो । उक्त कार्यक्रमका लागि नेपालबाट चर्चित लोक गायक बद्री पंगेनी, लोक गायिका सपना गाहा र नायिका, मोडल तथा नृत्यगना बिना थापा आउने भएको हो । अतिथि कलाकारहरुका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको पनि रंगारंग प्रस्तुती रहने छ । जसमा बद्री पंगेनी चौथो पटक आउंदै छ भने बिना थापा दोस्रो पटक आउंदै हुनुहुन्छ । त्यसैगरी युएईका दर्शकहरुका लागि नौलो चेहराको रुपमा देखिने भएकी छिन्, सपना गाहा ।

यसपालिको कार्यक्रम अन्य कार्यक्रमको तुलनामा फरक खालको हुने भएको छ । युएईको कानुनी प्रक्रियाबाट गर्न लागिएको कार्यक्रममा दर्शकहरुको चाप बढ्ने आयोजकले बताएका छन् । खासगरी दुबईको मुटु मानिने र शुक्रबारे बिदाका दिन नेपालीहरुको जमघट हुने थलो बरदुबई पर्ने भएकाले कार्यक्रम हेर्नेहरुको निकै उत्सुकता देखिन्छ । नेपालबाट आउने अथिति कलाकारहरु पनि आ–आफ्नो प्रस्तुती देखाउनका लागि आतुरमा रहेका छन् ।

“एक्काईसौ शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाउंदो पाल्पालीको अभियान” भन्ने नाराका साथ सन् २०१५ मा पाल्पालीवासीहरुको पहलमा स्थापना भएको पाल्पाली समाज युएईले ३ बर्षको अवधिमा पाल्पा जिल्लामा ४ वटा विद्यालय तथा उद्धार कार्यहरुमा लगभग २३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी समाजका महासचिव बेदप्रसाद अर्यालले दिनु भएको छ । साथै नेपालीहरुको चाड पर्वलाई पनि समय अनुकुलको व्यवस्थानपन गरि मनाउंदै आएका छन् । यसै समाचारको आधारमा युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि आग्रह समेत गरेको छ ।

साहित्य महासङ्घ साउथ युकेद्वारा नयाँ वर्षमा साहित्यिक र साँस्कृतिक कार्यक्रम (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK