दुबईमा तीजको रमझम

ENGLISH

NRN GLOBAL

दुबईमा तीजको रमझम

7 September, 2015 | Sandeep Bhattarai | 720 Views | comments

लालबहादुर ढेंगा, लक्ष्मी शर्मा, दुबई । युएईस्थित कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा नेपालबाट आएका अतिथि कलाकार लोक गायक कुलेन्द्र बिक, लोक गायिका रमिला न्यौपाने र स्थानीय कलाकारहरुका साथ रातो साडी र छड्के तिलहरीको पोशाकमा छमछम्ती नाचेर धुमधामका साथ मनाएका छन् ।

t

सो कार्यक्रम गएको ४ सेप्टेम्बर शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा पर्वत सेवा समाज युएईले आयोजना गरेको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका संरक्षक मणिप्रसाद भुर्तेल रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता पर्वत सेवा समाज युएईका अध्यक्ष राजेन्द्र अधिकारीले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा पर्वत सेवा समाज युएईका संरक्षक खिमान्द भुर्तेल, व्यावसायी एकेन्द्र थापा, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, गायक कुलेन्द्र बिक र गायिका रमिला न्यौपाने रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाज सेवी, व्यावसायी र पत्रकारहरु रहेका थिए ।

प्रमुख अतिथि, बिशेष अतिथिका साथ अन्य अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्योलन गर्नु लगत्तै सविता आचार्यको समुहद्धारा गाएको स्वागत गीतबाट विधिवत रुपमा कार्यक्रम थालनी गरिएको थियो । समाजको तर्फबाट तिलक सापकोटा र कलाकारहरुको तर्फबाट बिक्रम पौडेलको शुभकामना मन्तव्य रहेको कार्यक्रमलाई औपचारिक कार्यक्रम सोही समाजका महासचिव सरोज जिसी र सांस्कृतिक कार्यक्रमलाई गायक नारायण न्यौपानेले संचालन गरेका थिए ।

सांस्कृतिक कार्यक्रमलाई “लरक्कै लक्र्यो सातो साडी” हरि डुम्रेले गाएको गीतबाट सुरुवात गरिएको थियो । “यसपालिको तीजमा माईत नजाउं प्यारी” भन्ने गीत जब बिक्रम पौडेलले गाउन सुरु ग-यो महिलाहरुको चेहरामा निराशको भाव देख्न सकिन्थ्यो । “मलाई राम्रो देखियो चौबन्दी चोलीले” एनी लामाको नृत्य र “अन्जुलीमा” शुशिला गुरुङको नृत्यले हलको शोभा बढाएको थियो ।

t1

सांगीतिक माहौल चलिरहेको समयमा “नेपालको ट्राफिक प्रहरी” शिर्षक दिलबहादुर बिसीको हांस्य प्रस्तुतिले अलगै खालको मनोरञ्जन दिएको थियो । अचानक हलमा सिटी र ताली गुन्जीन लागेपछि थाहा भयो नेपालबाट आउनु भएकी चर्चित लोक दोहोरी गायिका रमिला न्यौपानेको स्टेजमा प्रवेश भई सकेको छ भनेर । निक्कै चितिक्कै परेर आउनु भएको थियो । त्यसै त सुरिलो स्वरकी धनी त्यसमा अझै सुन्दरताको त कुरै नगरौ ।

“आज त भेट्न आउदिन है कालु” भन्ने गीत जब उहांले गाउनु भयो, महिलाहरुको भन्दा कालुहरुको नै हल्ला मच्चियो । अर्को उहांको चर्चित गीत “झम झम दर्कियो पानी” ले दुबईको मरुभूमिमा पानी दर्काउन नसके पनि नाच्नेहरुको पसिना भने दर्काई दिनु भएको थियो । उहांको अन्य प्रस्तुतिहरुमा “लचक्कै कम्मर”, “नाचिदेउ घुमेर”, “उ शिव शंकर भोला” र आर्शिबाद माग्छु रहेको थियो ।

यसपालिको तीजको अवसरमा केवल आफ्नो गीतले मात्र होइन आकर्षक चेहरा र हाउभाउले पनि खासगरी महिलाहरुको मन जित्नमा सफल भएको थियो । दौरा सुरुवाल र प्रख्यात भाटगाउंले टोपीको पहिरनमा सजिएर “नजाउं है सानु पधेरीमा” गाउंदा दुबईको शहरमा पनि धारो र पधेरोको महशुस गर्न बाध्ये बनाए । त्यसैगरी रुमाल हल्लाई, जिम्बाल बाको आगनीमा, मलाई मायामा, गाग्री तामाको, र डाडै फुर्के सल्लो गीतहरु प्रस्तुत गर्नु भएको थियो । सधै गीतमा मात्र गुनगुनाउने दर्शकहरुले प्रत्यक्ष गायकसंग नाच्न र गाउन पाउंदा निकै रमाइलो महशुस गरे ।

t2

स्थानीय कलाकारमध्ये “क्याम्पस पढ्न आउने” लक्ष्मी शर्माले गाएको गीतले दर्शकहरुलाई तताउनसम्म भ्याईन् । अन्य कलाकारहरुमा लोकनाथ सापकोटा, नर्भिक नारायणको गजल बाचन र नरेश सापकोटाले गाएको गीत पनि सबैले मन पराए । त्यसैगरी नृत्यमा दीपक गुरुङ, सविता आचार्य, सुमित्रा आचार्य, शान्ति काफ्ले, हरि डुम्रे, गंगा खरेल र प्रिन्स भानु आदीको रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK