दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

ENGLISH

NRN GLOBAL

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

26 May, 2018 | Sandeep Bhattarai | 5685 Views | comments

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् ।

कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१ गते आफैँले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन बिल दिगफाको मृत्यु भएपछि घर्तीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनापछि साउदीस्थित एक स्थानीय अदालतले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप दुई लाख २५ हजार साउदी रियल बुझाउनुपर्ने फैसला गरेको थियो । स्थानीय अदालतको फैसलामाथि पुनरावेदन गरी पाउँ भनी साउदीस्थित नेपाली राजदूतावासले अपिल गरेको थियो । तर स्थानीय अदालतको फैसला नै सदर भएपछि घर्तीले नेपाली रुपैयाँ ६५ लाख बुझाउन नसके रिहा हुन नसक्ने व्यवस्था छ ।

काठमाडौँस्थित डेस्टिनी ओभरसिज प्रालिले स्काभेटर चालकका रुपमा दिलबहादुरलाई साउदी पठाएको थियो । साउदीस्थित माजित अल दियावही कन्ट्रक्सन प्रालिले उनलाई एक्साभेटर चलाउन नदिएर ट्रक चलाउन लगाएको थियो । चालक अनुमतिपत्र र वर्क परमिटसमेत नभएका उनलाई कम्पनीले जबर्जस्ती ट्रक चलाउन लगाएको थियो ।

घरको आर्थिक अवस्था कमजोर रहेका दिलबहादुरको सम्पत्तिबाट उक्त रकम बुझाउन सकिने सम्भावना नभएपछि श्रीमती मनिताले जीवन रक्षाका लागि सबैसँग अपिल गर्नुभएकाले यतिबेला दिलबहादुर बचाऊ अभियानअन्तर्गत देश विदेशमा रहेका रोल्पालीले सहयोग संकलनलाई तीव्र बनाएका छन् ।

दिलबहादुर बचाऊ अभियानअन्तर्गत रोल्पा उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी व्यापारीसँग रु एक लाख ४८ हजार संकलन गरेको अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिनुभयो ।

यसैगरी रोल्पा नगरपालिकालेसमेत दिलबहादुर बचाऊ अभियानका लागि रु एक लाख सहयोग गरेको बताइएको छ । काठमाडौँस्थित रोल्पालीलेसमेत सहयोग संकलनलाई तीव्र बनाएका छन् । उपराष्ट्रपतिका छोरा दिपेश पुनको अगुवाइमा सहयोग संकलन अभियानलाई तीव्र पारिएको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK