दुई महिना बित्दा पनि , युएईवाट श्रेष्ठको शव नेपाल आएन

ENGLISH

NRN GLOBAL

दुई महिना बित्दा पनि , युएईवाट श्रेष्ठको शव नेपाल आएन

3 May, 2017 | Bipin Acharya | 675 Views | comments

संयुक्त अरव इमिरेट्स युएई को फुजेराहमा दुई महिनाअघि मुत्यु भएको हेटौंडाकी लक्ष्मीमाया श्रेष्ठको शव स्वदेश पठाउन सकिएको छैन ।
गत २६ फेव्रवरीमा श्रेष्ठ सडक दुर्घटनामा परी ज्यान गएको थियो । उनी फस्ट च्वाइस क्लिनिङ कम्पनीमा कार्यरत थिइन् । उनको शबलाई फुजेरास्थित डिब्बा अस्पतालमा राखिएको छ ।

नेपाली दूतावासका अनुसार कम्पनीले शबलाई स्वदेश पठाउन असहयोग गरेको कारण समय लम्बिएको हो । ‘यति लामो समयसम्म कोही नेपालीको शव रोकिएको थिएन । सामान्य रुपमा एकसाता भित्र स्वदेश गइसक्थ्यो’, आवुधावीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालले कान्तिपुरलाई भने,‘शवलाई जतिसक्दो छिटो स्वदेश पठाइदिन युएईको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छौं ।’

श्रेष्ठ आठ महिना अघि डल्स्को ह्युमन रिसोर्सबाट युएई आएकी थिइन् । उनको ८ बर्षको एक छोरा छन् । पीडित परिवारले शबलाई छिटो पठाइदिन दूतावासलाई अनुरोध गर्दै आएका छन् । ‘दूतावासले छिट्टै शब पठाइदेला भन्ने लागेको थियो । जुन हिसावले दूताबासले भुमिका निर्बाह गर्नुपर्दथ्यो । त्यो हिसावमा नभएको जस्तो लाग्यो’, मृतककी बहिनी निरु श्रेष्ठले भनिन् ।

मृतककी आमा सुमित्रा श्रेष्ठले छोरीको शवलार्इ यथाशीघ्र नेपाल झिकाईदिन नेपाल सरकार समक्ष अनुरोध गरेकी छिन् ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK