दुई महिनामा मलेसियाबाट डेढ सय कामदार फिर्ता

ENGLISH

NRN GLOBAL

दुई महिनामा मलेसियाबाट डेढ सय कामदार फिर्ता

8 June, 2016 | Sandeep Bhattarai | 475 Views | comments

बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले ‘अनफिट’ भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ । दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन् । यो संख्या निकै ठूलो हो ।

Kuala-Lumpur-the-Capital-of-Malaysia

बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुःख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ । विगतमा परम्परागत तरिकाबाट स्वास्थ्य परीक्षण गर्दा कतिपय कामदारलाई मलेसियाले विभिन्न रोग देखाएर फिर्ता पठाउने गरेको थियो । बायोमेट्रिकमा त्यस्तो नहुने आश्वासनसहित मलेसियाकै दबाबमा नेपालमा यो प्रणाली लागू भइरहेको छ ।

कामदारका लागि निकै खर्चिलो यो प्रविधिबाट परीक्षण गराउनुको मुख्य उद्देश्य नै परीक्षण भरपर्दो हुन्छ अनि कामदारले मलेसिया पुगेर फिर्ता हुनुपर्दैन भन्ने हो । बायोमेट्रिक लागू हुनुअघि दैनिक औसतमा दुई जना स्वास्थ्य परीक्षणमा अनफिट भएर स्वदेश फिर्ता हुने गरेका थिए । तर यो प्रणाली लागू भएपछि संख्या अझ बढेको पाइएको छ । अन्नपूर्णलाई प्राप्त तथ्यांकअनुसार दुई महिनाको बीचमा काम गर्न मलेसिया पुगेका अधिकांश त्यहाँ स्वास्थ्य परीक्षण गर्दा फेल भएका हुन् ।

कामदारले विदेश जानुअघि नेपालमै स्वास्थ्य परीक्षण गरी निरोगिता भएको प्रमाण पेस गरेपछि मात्र भिसा लाग्ने गर्छ । मलेसियाको हकमा एकतर्फीरूपमा बायोमेट्रिक लागू गरिएको छ । कम्प्युटर प्रविधिबाट गरिने यस विधिबाट सुरूमा नेपालमै स्वास्थ्य जाँच हुन्छ । नेपालमा बायोमेट्रिकबाट गरे पनि मलेसियाले कामदार त्यहाँ पुगेपछि स्वास्थ्य परीक्षण गर्छ । त्यसमा केही कमजोरी भटिएमा फिर्ता पठाउने गर्छ ।

वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले कामदारलाई आर्थिक भार थप्ने गरी लागू गरिएको बायोमेट्रिकको विश्वसनीयता पनि गुम्दै गएको बताए । ‘यो प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएकाहरू अझ बढी फेल भएर फिर्ता हुनुपरेकाले सरकारले यसबारेमा पुनर्विचार गर्न ढिला भइसकेको छ’, उनले भने ।

मलेसिया जाने कामदारले मात्र बायोमेट्रिक पद्धतिबाट परीक्षण गर्नुपर्ने हो । खाडीसहित अन्य मुलुकमा जाने कामदारका लागि यो प्रावधान छैन । मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने अनि सबै भन्दा बढी रेमिटेन्स पनि त्यहीँबाट आउने भएकाले यसमा जाने कामदारसहित अन्य सरोकारवाला सबैलाई बढी चासो हुने गर्छ ।

कामदारका लागि निकै खर्चिलो बायोमेट्रिक प्रविधिबाट स्वास्थ्य परीक्षण गराउनुको मुख्य उद्देश्य नै परीक्षण भरपर्दो हुन्छ अनि कामदारले मलेसिया पुगेर फिर्ता हुनुपर्दैन भन्ने नै हो ।

मलेसियाका रोजगारदाताले कामदार मन नपरेमा पनि स्वास्थ्य परीक्षणमा फेल भएको प्रमाणपत्र बनाएर कामदारलाई डिपोर्ट (घर फिर्ता) गराउँदै आएको छ । बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गराउने मेडिकल व्यवसायीको दाबी पनि यस्तै छ । ‘बायोमेट्रिकका कारण नभई कामदार मन नपरेका कारण त्यहाँका रोजगारदाताले रोगी भएको आरोप लगाएर फिर्ता पठाएका हुन सक्छन्’, एक मेडिकल व्यवसायीले भने ।

मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षणबापत ४५ सय तिर्नुपर्छ । केही समययता मलेसियाको बेस्टिनेट कम्पनीले थप ३० अमेरिकी डलर असुलिरहेको छ । यसबाट कामदारको थाप्लोमा ३२ सय थप व्ययभार परेको छ । अब कामदारले स्वास्थ्य परीक्षणबापत झन्डै आठ हजार रूपैयाँ तिर्नुपर्छ ।

बायोमेट्रिक काण्डले वैदेशिक रोजगारीमा अर्को संकट थपिदिएको छ । सरकारले सेवा शुल्कबापत १० हजार रुपैयाँँमात्र लिन पाउने व्यवस्था गरेको छ । स्वाथ्य परीक्षण शुल्क पनि प्रतिकामदार २६ सयबाट बढाएर गत वर्ष ४५ सय पुर्‌याइएको थियो । बायोमेट्रिककै कारण स्वास्थ्य परीक्षण शुल्क बढाइएको थियो ।

गएको असारदेखि सरकारले खाडी र मलेसियामा निःशुल्क टिकट र भिसामात्रै कामदार पठाउनुपर्ने नियम बनाएको छ । यो व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन । यो आर्थिक वर्षको नौ महिनामा जाने कामदारको संख्या औसतमा २५ प्रतिशतले घटिसकेको छ । मलेसिया सबैभन्दा बढी रेमिटेन्स भित्रिने मुलुक हो । यहाँबाट आउने पैसा घट्दा समग्र रेमिटेन्समा असर गर्छ ।

वार्षिक ६ खर्ब हाराहारीमा रेमिटेन्स आउने गरेकामा मलेसियाको मात्रै ३० देखि ४० प्रतिशतको योगदान रहने गरेको छ । आगामी वर्षदेखि मलेसियाबाट अउने रेमिटेन्समा भारी गिरावट आउने अनुमान छ । खाडी मुलुकमा जाने कामदार पनि घटेकाले यसले समग्र रेमिटेन्सलाई बेस्सरी असर गर्न सक्छ । हाल मलेसियामा मात्रै करिब आठ लाख नेपालीले काम गरिरहेका छन् । मलेसियाले यतिबेला विदेशी कामदार लिन रोकेको भए पनि दलालले भित्रभित्रै लैजानेक्रम रोकिएको छैन । प्रिअप्रुभल ल्याएकाले एक वर्षसम्म कामदार पठाउन पाउँछन् ।

अन्नपुर्ण पोष्टबाट

यो पनि हेर्नुस – मलेसियामा १६ जना नेपाली पक्राउ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK