दुई बेलायतीलाई आफ्नो भन्दा नेपाल चिन्ता

ENGLISH

NRN GLOBAL

दुई बेलायतीलाई आफ्नो भन्दा नेपाल चिन्ता

नेपालीलाई भन्दा दुई बेलायतीलाई आफ्नो भन्दा नेपाल चिन्ता

26 June, 2016 | Bipin Acharya | 1475 Views | comments

सायद भूपू गोर्खा र नेपालीको हितका लागि दुई बेलायती नागरिक एनी वाट्सम र ग्राहेम ग्रान्टलाई जति चिन्ता अरुलाई कमै होला ।सन् २००८ मा गोर्खा न्यायिक अभियन्ता पिटर क्यारोलले भूपू गोर्खाहरुको आन्दोलनमा साथ दिइरहेका थिए ।

ek

त्यही बेला एनीले अभिनेत्री जोआना लुम्लेलाई अभियानमा सामेल गराउन पहल गरिन् र गोर्खा आन्दोलन सफल पनि भयो । पेशाले पत्रकार एनी त्यसयता भूपू गोर्खाहरुसँग धेरै नै घुलमिल भइन् । यसै क्रममा सन् २०११ मा एभरेष्ट इन ग्रुपका पशुपति भण्डारी र यादव भण्डारीसँग सम्पर्कमा आएपछि एनी र ग्राहेम नेपाली समुदायमा झन् परिचित भए । गत वर्ष भूकम्पका बेला यी दुई बेलायती भण्डारी दाजुभाइसँग मिलेर पीडितका लागि राहत जुटाउन अहोरात्र खटिए ।

थाकिनन् एनी । एनीले सन् २०१२ मा ग्रीएसन पब्लिकेसन्स्का तर्फबाट नेपाली खाना बनाउन सिकाउने एउटा पुस्तक ‘दी अल्टिमेट नेपलिज कुक बुक’ सम्पादन र प्रकाशन समेत गरिन् जसमा भूपू गोर्खा सेफ पेम्बा लामाले लेखेका थिए । दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल उक्त पुस्तकबाट गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग समेत गरिएको थियो । फेरि उक्त ट्रष्टलाई सहयोग गर्ने गरि एनी र ग्राहेमले सेभेनओक्स् केन्टको पुरानो भवनमा ‘ग्रीएसन ग्यालरी’ स्थापना गरेका छन् । सेभेनओक्स् मेयर काउन्सिलर एन्ड्रियू आइरेले गत साता एक समारोहबीच ग्यालरी उद्‍घाटन गरे । उक्त ग्यालरीमा गत साताबाट पहिलो चित्रकला प्रदर्शनी शुरु भएको छ र प्रदर्शनीमा काठमाण्डू बस्ने कलाकार एनबी गुरुङका चित्र समावेश छन् । प्रदर्शनीबाट नेपालको चिनारी अरु बढ्ने अपेक्षा एनी र ग्राहेमलाई छ । चित्रले नेपालको प्राकृतिक सौन्दर्यतामात्र होइन, भूकम्पबाट विक्षिप्त संरचना पनि झल्काइरहेको देखिन्थ्यो ।

ग्यालरी उद्‍घाटनका अवसरमा नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क यूके प्रतिनिधि पशुपति भण्डारीले यस्तो ग्यालरीबाट नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने आशा व्यक्त गरे । उनले आगामी ३ जुलाईमा एल्थाम प्यालेसमा वर्ल्ड कल्चरल फेस्टिबल र २४ जुलाईमा आसफोर्ड केन्टमा हुन लागेको च्यारिटी इभेन्टमा नेपाल पर्यटनको प्रचार प्रसार गरिने जानकारी पनि दिए ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK