दुई प्रधानमन्त्रीको उपस्थितिमा भारतसंग तीन सम्झौता

ENGLISH

POLITICS

दुई प्रधानमन्त्रीको उपस्थितिमा भारतसंग तीन सम्झौता

भारतको चाहना नेपालको शान्ति, स्थिरता र समृद्धि : मोदी

16 September, 2016 | Yadab Devkota | 915 Views | comments

three-agreement

नेपाल र भारतबीच तीन विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा तीन सम्झौता भएको हो ।

दुई मुलुकबीच भएको सम्झौताको पहिलो बुँदामा हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिसबारे छ । दोस्रो भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे छ ।

तेस्रोमा दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ ।

भारतको चाहना नेपालको शान्ति, स्थिरता र समृद्धि : मोदी

परम्परागत शैली अपनाउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको चाहना भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्दै हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका लागि नयाँ र समृद्ध सम्बन्धको विकसित चरणअन्तर्गत हातेमालो गर्न आफू तयार रहेको पनि उल्लेख गर्नुभयो ।

आफूहरुको वार्तामा भूकम्पपछिको पुनःनिर्माणका लागि १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण र तराईको सडक विस्तार आयोजनाका लागि अतिरिक्त सहुलियत ऋणका बारेमा समझदारी भएको जनाकारी दिँदै उहाँले सबै प्रकारका ‘कनेक्टिभिटी’का लागि भारत आर्थिक सहायता दिन र सहकार्य गर्न तयार रहेको जनाउनुभयो ।

नेपालको जलविद्युत् विकास आयोजना, प्रसारण लाइन विस्तार, आयुर्वेदिक औषधिको उत्पादनजस्ता विषयमा पनि थप सहकार्य हुने उहाँको भनाइ थियो ।

भारतीय प्रधानमन्त्रीले सबै विकास परियोजनामा दुबै पक्षको नियमित अनुगमन र समयबद्ध कार्यान्वयनका विषयमा सहमति भएको पनि जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK