दुई नेपाली र एक हलिउड फिल्म पर्दामा

ENGLISH

ENTERTAINMENT

दुई नेपाली र एक हलिउड फिल्म पर्दामा

3 November, 2017 | Kunjar Bhattarai | 625 Views | comments

फ्राइडे रिलिज अन्तर्गत यो साता दुई नेपाली फिल्म प्रदर्शन भएका छन् । ‘आई एम सरी’ गीत र ट्रेलरबाटै प्रतिक्षीत बनेको फिल्म ‘फाटेको जुत्ता’ र प्रचार प्रसार बिना पर्दामा उत्रिएको ‘धनवान’ ले एकसाथ   प्रदर्शन आरम्भ गरेका हुन् ।

निकेश खड्काले निर्देशन गरेको फिल्म ‘फाटेको जुत्ता’मा सौगात मल्ल , प्रियङ्का कार्की, बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहेको छ।

फाटेको जुत्ताले सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा पनि सो पाएको छ।निरज महर्जनको कथा रहेको फिल्मलाई अर्जुन कुमारले  निमार्ण गरेका हुन् ।

त्यस्तै सिंगल स्क्रिनमा सो पाएको फिल्मधनवानलाई दुर्गा खड्काले निर्माण र ऋषि न्यौपानेले निर्देशन गरेका हुन्।मौनता श्रेष्ठको कथा रहेको फिल्ममा भरत थापा, समिता गिरी, दिनेश शर्मा, सुशील क्षेत्री, केदार घिमिरे, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय छ।

यी दुई फिल्म बाहेक आजबाट फिल्म ‘ऐश्वर्य’ले दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको छ । पहिलो हप्ता सुखद कलेक्सन गरेको यो फिल्मले अझै आफ्नो वर्चश्व कायम गर्न मल्टिप्लेक्स र सिंगल हलमा ‘फाटेको जुत्ता’सँग राम्रै युद्ध गर्नु पर्नेछ ।  ‘ऐश्वर्य’मा रमेश उप्रेती , प्रशान्त ताम्राकार , दीपिका प्रसाईं, केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ , विकास खतिवडा ,तेन्जु योन्जन लगायतको पनि अभिनय रहेको छ ।

बलिउडबाट भने यो साता नयाँ फिल्म रिलिज भएको छैन।हलिउडतर्फ फिल्म ‘थोर: रगनारोक’ यो फिल्म थोरको तेस्रो संस्करण हो। अमेरिकन सुपर हिरो फिल्मले मल्टिप्लेकसमा सो पाएको छ। मार्भल टाकिया वेटिटीले निर्देशन गरेको फिल्ममा क्रिस हेम्सवर्थ, टम हिडलस्टोन, क्लेट ब्लाडचेट, जेफ गोल्डबल्म, कार्ल उर्बन, मार्क रफालो लगायतको अभिनय रहेको छ।

करण जोहरको फिल्मबाट पुन: ठूलो पर्दामा देखिदै ऐश्वर्या

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK