दीपेन्द्रको नयाँ चलचित्र,हिंडेर अमेरिका जाने

ENGLISH

ENTERTAINMENT

दीपेन्द्रको नयाँ चलचित्र,हिंडेर अमेरिका जाने

1 May, 2017 | Bhawana Pathak | 510 Views | comments

अक्सर निर्माता निर्देशक चलचित्रको सफलता प्रदर्शनको ५१ औं वा १०० औं दिन पार गरेपछि साट्ने गर्दछन् । तर दीपेन्द्र के खनालले आफ्नो पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘लभ लभ लभ’ सफल भएको खुसी तीन सातामै शेयर गरेका छन् ।

उनले शुक्रबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजना सहित खुसी शेयर गरेका हुन् । कार्यक्रममा उनले चलचित्र सफल बनाउन सहयोग गर्न मिडिया लगायत सबै पक्षलाई सम्झिए ।

सोही कार्यक्रममा निर्देशक खनालले आफ्नो अर्काे चलचित्र समेत घोषणा गरे । नाम जुर्न बाँकी चलचित्रमा पशुपति प्रसादका अभिनेता खगेन्द्र मुख्य पात्रका रुपमा छानिएका छन् ।

सुरज सिने आर्टस्को प्रस्तुती रहने चलचित्र सर्मिला पाण्डेको लगानी बन्न लागेको हो । हिँडेर अमेरिका जाने नेपालीको बाध्यात्मक परिस्थितिलाई मुख्य कथा बनाइएको चलचित्रको लागत ५ करोड अनुमान गरिएको छ ।

चलचित्र नेपालसहित भारत, थाइल्यान्ड, मेक्सिको, ब्राजिल र अमेरिका गरि एक दर्जन देशमा खिचिने छ ।अमेरिकासम्म हिँडेर पुग्ने तीन पात्रको भोगाइ र सपनालाई चलचित्र मार्फत देखाउने प्रयास हुने निर्देशक दीपेन्द्रले बताए ।

निर्मात्री सर्मिला पाण्डेले ‘लभ लभ लभ’ लाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं नयाँ चलचित्र राम्रो बनाउने जानकारी दिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK