दीपिकाले फिल्म छोड्दा कटरिनालाई फाईदा

ENGLISH

ENTERTAINMENT

दीपिकाले फिल्म छोड्दा कटरिनालाई फाईदा

6 January, 2017 | Bhawana Pathak | 795 Views | comments

अभिनेत्री दीपिका पादुकोण ३१ बर्ष भएकी छिन् । ५ जनवरी १९८६ मा जन्मेकी दीपिका अहिले बलिउडमात्रै हैन हलिउड अभिनेत्री पनि बनिसकेकी छिन् । बलिउडमा ककटेल, ये जवानी है दीवानी, चेन्नई एक्सप्रेस, गोलियोँकी रासलीला–रामलीला, ह्याप्पी न्यु ईअर, पीकु, तमाशा, बाजीराव मस्तानी जस्ता सिनेमामा काम गरेर दीपिका सबैको मन पर्ने अभिनेत्री बनिसकेकी छिन् । दीपिकाका प्राय सिनेमाहरु सफल छन् ।

deepika_rejected_fil3

तर दीपिकाले काम गर्न ईन्कार गरेका केही सिनेमाहरु पनि सुपरहिट छन् । बलिउडमा आईसकेपछि हरेक अभिनेत्रीको सपना बलिउडका तीन खान सलमान खान, शाहरुख खान, आमिर खानसँग काम गर्ने हुन्छ । तर दीपिकाले भने यी तीनै स्टारहरुसँग काम गर्ने अवसर अस्विकार गरिदिईन् । सिने करिअरमा दीपिकाले सलमान खानका तीनवटा सिनेमा, शाहरुख र सलमानका एक एक सिनेमामा काम गर्न ईन्कार गरिदिएकी छिन् ।

सुल्तानमा अनुश्का र सलमानको केमेष्ट्रि सबैलाई मन पर्यो । तर अनुश्का भन्दा पहिले यो सिनेमाका लागि दीपिकालाई प्रस्ताव गएको थियो । दीपिकाले काम नगरेपछि सोनमले सुल्तानमा काम गर्ने अवसर पाएकी थिईन् ।सलमानको सिनेमा ‘प्रेम रतन धन पायो’मा सोनम कपूर भन्दा पहिले दीपिकालाई अफर आएको थियो । सलमानको यो फिल्ममा काम गर्नुको सट्टा दीपिकाले रणवीर सिंहकी मस्तानी बन्न चाहिन् र बाजीराव मस्तानीमा काम गरिन् ।

त्यस्तै ‘किक’मा पनि ज्याक्लिनभन्दा पहिले दिपिकालाई अफर आएको थियो । तर दीपिकाले व्यस्त भएका कारण यसमा पनि काम गरिनन् ।
आमिर खानको सिनेमा ‘धुम ३’ मा दीपिकाले काम गरेको भए कटरिनालाई देख्न पाईने थिएन । तर अन्य सिनेमाको काममा व्यस्त भएका कारण दीपिकाले यो सिनेमामा काम गरिनन् र कटरिनाले अवसर पाईन् ।दीपिकालाई शाहरुख खानको सिनेमा ‘जब तक है जान’को पनि प्रस्ताव आएको थियो । दीपिकाले सिनेमामा काम गर्न नमानेपछि कटरिनालाई लिईएको थियो ।

सिनेमा ‘रोय’ले बक्स अफिसमा खासै कमाल त गरेन तर पनि चर्चा भने निकै कमायो । यो सिनेमामा अभिनेत्री ज्याक्लिनको रोलका लागि पहिले दीपिका पादुकोणलाई अफर गरिएको थियो । तर दीपिकाले यसमा काम गरिनन् ।

दीपिकालाई हलिउड सिनेमा ‘फास्ट एण्ड फ्युरियस’को लागि पनि प्रस्ताव आएको थियो । यो कुरा सन् २०१५ को हो । तर उनले हलिउड सिनेमामा काम गर्नुको साटो बलिउड सिनेमा रामलीलामा काम गरिन् । वीन डिजलको सिनेमा फास्ट एण्ड फ्युरियस नगरे पनि दीपिकाले हाल आएर सिनेमा ट्रिपल एक्स गरिसकेकी छिन् । यो सिनेमा जनवरी १७ मा रिलिज हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK