दिल्ली स्पेनीस दूतावासले नेपालको मेडिकल रिपोर्ट किन मान्दैन ?

ENGLISH

NRN GLOBAL

दिल्ली स्पेनीस दूतावासले नेपालको मेडिकल रिपोर्ट किन मान्दैन ?

-वसन्त रानाभाट, बार्सिलोना

7 September, 2017 | Sandeep Bhattarai | 1785 Views | comments

स्पेन

स्पेनमा रहेका नेपालीहरुलाई परिवार पुनर्मिलनको प्रक्रिया दिनप्रतिदिन जटिल बन्दै गएको छ। प्रक्रियाका लागि नै दिल्ली स्थित स्पेनिस दूतावासमा पटक पटक धाउनु पर्ने तथा बिचमा अनावश्यक झन्झट व्योहोर्नु पर्ने हुँदा पनि झन् जटिल बन्दै गएको हो।

परिवार पुनर्मिलनको प्रक्रियामा बुझाउनु पर्ने मेडिकल रिपोर्ट समेत दिल्ली कै अस्पतालमा पुगेर बनाउनु झन्झट छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले नेपालका अस्पतालबाट बनाईएको रिपोर्ट दिल्ली दूतावासमा मान्यता नदिनु नेपालको स्वास्थ्य क्षेत्रकै बेइज्जत भएको बताउँछन्।

उनले भने,”हाम्रा परिवारले दिल्लीको स्पेनिस दूतावासमा पेश गर्नु पर्ने, मेडिकल रिपोर्ट,नेपालका अस्पतालबाट बनाईएको मान्यता दिईदैन,यो सरासर गलत हो। कि त स्पेनको परराष्ट्र मन्त्रालयले नै नेपालका अस्पतालमा बनाईएको रिपोर्ट किन मान्य छैन कारण सहित बोल्नु पर्यो,हैन भने दिल्ली दूतावासले गरेको गल्तिलाई तत्काल सच्याउनु पर्छ।”

केहि वर्ष पहिलेसम्म आफ्नै परिबार स्पेन ल्याउदा नेपालको मेडिकल रिपोर्टले मान्यता पाएको भए पनि पछि आएर हटाईएको सापकोटाले बताउछन्।

१८ महिना बितिसक्यो:-अझै परिवार ल्याउन पाईएन

एनआरएनए स्पेनमा महासचिव कृष्णप्रसाद भुसालले स्पेनमा परिबार ल्याउन १८ महिना अघि देखि प्रक्रिया थालेको भए पनि अझै ल्याउँन नसकेको गुनासो पोखे। दिल्ली स्थित स्पेनिस दूतावासको मनपरीका कारणले नै आज धेरै नेपालीहरुले दु:ख झेलीरहेको भुसालले बताए।

उनले भने, फ्यामिली पेपर पास गर्न ५-६ महिना स्पेनमा नै बित्छ। फेरि दिल्लीमा डकुमेन्ट बुझाउन मात्र ३-४ महिना कुर्नु पर्ने।उता डकुमेन्ट पेश गरेको ५-६ महिना पछि पनि दिल्लीबाट अनुगमन टोली नेपाल नपुगे पछि अहिले धेरै नेपालीहरु समस्यामा परेका छौ। बिगत १८ महिना देखि म आफैँ यसैको तनावमा छु।”

दिल्लीमा एजेन्टले यसरी लिन्छ चर्को रकम:-

भिसा शुल्क सहित अनुगमन खर्चका लागि( टोलि नेपाल आउन /जानका लागि) दूतावासमा ४२ हजार ५ सय भारतीय रुपैयाँ बुझाउनु पर्ने भए पनि नेपालीहरु चर्को रकम बुझाउँदै आएका छन्। दिल्लीमा नै बसेर परिवारलाई प्रक्रिया गर्न लगाउँदा झन्झट र तनाव हुने हुँदा सिधै एजेन्ट मार्फत रकम बुझाउने गरेका हुन्।

स्पेनमा परिबार ल्याउने प्रक्रिया गरिरहेका एक नेपालीले भने,” मेडिकल रिपोर्ट बनाउदा पनि सहयोग पाईने,दिल्ली स्थित नेपाली दूतावासमा छाप हान्न जानु पर्यो डकुमेन्ट बुझाउनु पर्यो,सबै झन्झट भन्दा ८०-८५ हजार रुपैयाँ एजेन्टलाई बुझाए सबै काम गरिदिन्छ,परिवार पनि लामो समय दिल्ली बस्न परेन।”

स्रोतका अनुसार एजेन्टहरुले परिबारको संख्या अनुसार फरक फरक रकम लिदै आएका छन्। झन्डै ९८ प्रतिशतले नै यसरी चर्को रकम बुझाएर एजेन्ट मार्फत नै काम लगाउने गरेको पाईन्छ।

के- हो,परिवार पुनर्मिलनको प्रक्रिया ?

स्पेनमा अस्थायी वा स्थायी रुपमा काम गर्ने अनुमति पाए पछि (रेसिडेन्सी कार्ड) स्पेन सरकारले परिबार ल्याउँन समेत अनुमति दिएको छ। यसैको प्रक्रियालाई स्पेन स्थित नेपालीहरुले परिबार पुनर्मिलनको प्रक्रिया भन्दै आएका हुन्।

स्पेनमा बस्ने अनुमति पाए पछि नेपालमा रहेका श्रीमान् /श्रीमती वा १८ बर्ष मुनिका छोराछोरीहरुलाई यतै रहने गरी ल्याउने प्रक्रिया सुरु गरिन्छ। प्रक्रिया अन्तर्गत,परिबार रहनका लागि मापदण्ड अनुसारको घर नगरपालिकाबाट अनुगमन पछि स्विकृत हुनुपर्छ।

घर स्विकृतको प्रमाणपत्र सहित, ब्यक्तिको आम्दानि श्रोत साथै कर दायारालाई पूर्ण रुपमा पालाना गरिएको सम्बन्धित कागजात,नाता प्रमाणीकरणको अनुगमन पछि स्पेन सरकारले परिबार पुनर्मिलनका लागि सकारामत्क रिजल्ट दिनु पर्छ। यसलाई यहाँ स्थित नेपालीहरुले बोलीचालीको भाषामा “फ्यामिली पेपर पास” भन्दै आएका छन्।

स्पेनमा प्रक्रिया सम्पन्न गरे पछि थप प्रक्रिया दिल्ली स्थित स्पेनिस दूतावासबाट सुरु हुन्छ। स्पेनको कन्सुलर सेवा काठमाडौमा रहे पनि परिवारको भिसा प्रक्रियाका लागि दिल्ली स्थित स्पेनिस दूतावासमा नै पुग्नु पर्ने बाध्यता छ । यस्तै दिल्ली दूताबासबाट कागजातमा उल्लेख गरिएका नातासम्बन्ध बारे थप अनुगमनका लागि नेपालमा नै पुगेर सोधपुछ गर्ने गरेको छ।

अनुमगन टोलिलाई पनि रकम:-दोष लिनेको कि, दिनेको ?

दूतावासबाट अनुगमनका लागि पुग्ने भारतीयहरुले बिभिन्न बाहानामा चर्को रकम असुल्ने गरेका छन्। लामो समय सम्म अनुगमनको पर्खाईमा रहेका परिवारले भिसा पाईदैन कि भन्ने डरले रकम थमाउँने गरेको बताउँछन्।अनुगमनमा पुग्नेले सोधपुछको क्रममा मिलाएर पैसा माग्ने गरेको पीडितहरुले बताउँदै आएका छन्।

रकम बुझाएका एक पीडितले नाम नबताउने सर्तमा भने,”महिनौ देखिको पर्खाइमा बस्यो रकम नदिए,भिसा नै लाग्दैन भन्ने डरले ५० हजार रुपैयाँ दियौ।” अनुगमनका लागि कोहि सम्बन्धित परिवारको घरमा नै पुग्ने गरेका छन् भने कतिपयले होटलमा बोलाएर सोधपुछ गर्ने गरेका छन्।

नियम परिवर्तनले थप झन्झट

दूताबासले एक सूचना जारी गर्दै बिभिन्न कागाजपत्रहरु स्पेनिस बिशेष अनुवादकहरु (सोन ट्रासलेटर) मार्फत गराउनु पर्ने नियम बनाएको छ।अगष्ट १६ तारिख देखि लागु भएको यो नियमसँगै मेडिकल रिपोर्ट,जन्मदर्ता,बिबाहदर्ता लगायतका कागजपत्रहरु सोन ट्रासलेटर मार्फत गराउनु पर्ने हुँदा प्रक्रिया झन् ढिलाई हुने देखिएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK