दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

ENGLISH

SPORTS

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

सन्दीप भट्टराई

5 May, 2018 | Sandeep Bhattarai | 142460 Views | comments

सन्दीप लामिछाने

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण अहिले भारतमा जारी रहेको छ ।

विश्वमाझ चर्चित बनेको आइपिएल क्रिकेट अहिले नेपाली क्रिकेट फ्यान माझ झनै चर्चित भएको छ । त्यसको मुख्य कारण हो पहिलोपटक नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध हुनु ।

पछिल्ला १० संस्करणमा नेपालका क्रिकेटरले स्थान बनाउन सकेका थिएनन् । तर, सन्दीपले त्यहाँ प्रवेश पाएपछि आइपिएलमा खेल्ने उनी पहिलो नेपाली क्रिकेटर बनेका छन् । उनलाई भारतको क्रिकेट क्लब दिल्ली डेयर डेभिल्स २० लाख भारतीय रुपैयाँ (नेपाली ३२ लाख) मा आवद्ध गरेको हो ।

उसले सन्दीपलाई मूल्य तिरे पनि मैदानमा भने अहिलेसम्म उतारेको छैन । यो समाचार तयार पार्दा सम्म हेर्ने हो भने दिल्लीले खेलेका ९ खेल मध्ये ३ खेलमा मात्रै जित हात पर्दै तालिकाको छैठौ स्थानमा रहेको छ । सन्दीपलाई खेलाउन हैन नेपाली क्रिकेट समर्थकहरुको समर्थन पाउन र सामाजिक संजालमा व्यापार गर्न मात्र किनेको त हैन भन्ने प्रश्न पनि उठेको छ ।

तर ९ खेल खेल्दा समेत सन्दीप टिममा अटाएका छैनन् । सन्दीप एक उत्कृष्ट स्पिनरका रूपमा हेरिएकाले उनलाई किन खेलाइएन भन्ने प्रश्न अनुत्तरित नै छ । सन्दीपका कारण नेपालीहरु दिल्लीको समर्थक बने तर उनलाई नखेलाइँदा नेपाली क्रिकेट फ्यानहरु निराश भएका छन् ।

दिल्लीले सम्भावित खेल्ने ११ खेलाडीको नामावलीमा भने अझै सन्दीपलाई सूचीकृत गरेको छैन । दिल्लीमा सन्दीप अलावा लेग स्पिनरमा अमित मिश्रा, शाहबाज नदिम र जयन्त यादव रहेका छन् । यद्यपि दिल्लीले स्पिनरको विशेषज्ञको समूहमा राखे पनि उनी अहिलेसम्म टिममा परेका छैनन् ।

अहिले टिमले रिषभ पन्त, श्रेयस इएर, पृथ्वी शा, मन्जोत कल्रा, अभिषेक शर्मा र विजय शंकरलाई मौका दिइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय अनुभव प्राप्त गरेका क्रिस मोरिस, कोलिन मुनरो, ग्लेन म्याक्सवेल र जेसन रोय रहेका छन्।हालै कप्तान गौतम गम्भीरले भने कप्तानी पद त्यागेसंगै उनी पनि टोलीमा अटाएका छैनन् ।

हाल दिल्लीको जिम्मेवारी युवा खेलाडी श्रेयस इएरले सम्हालेका छन् । यो २०१८ मा सहभागी ८ टोलीमध्ये पछिल्ला तथ्यांक हेर्ने हो भने दिल्ली प्रतियोगितामा सबैभन्दा कमजोर हो।

दिल्ली डेयरडेभिल्सले आइपिएलका पछिल्ला १० संस्करणमा ४२.१८ प्रतिशतले मात्रै जित हात पारेको छ। उनीहरूको दिल्लीमा जित–हारको अनुपात पनि ०.७२ रहेको छ।

नेपालको शेन वार्नको रुपमा परिचित सन्दीपले दिल्लीमा राम्रो अभ्यास र एक्सपोजको कारण उनको तयारी निकै राम्रो रहेको छ । आइपिएलका लागि उनले खेल खेल्नु या नखेल्नु छुटै कुरा हो तर व्यक्तिगत हिसाबले उनले पर्याप्त एक्सपोज पाइरहेका छन् । गौतम गम्भीरले कप्तानी पद छाडेपछि लयमा रहेको दिल्लीले प्ले अफमा पुग्ने सम्भावना जिवितै राखेको छ । तर त्यो त्यति सहज भने छैन अब उसले बाँकी रहेका सबै खेल त जित्नु नै छ र अरु टोलीको नतिजा पनि आफु अनुकुल निकाल्नु पर्नेछ ।

पहिलो खेलमा खराव बलिंग गरेका कारण भारतका चर्चित स्पिनर अमित मिश्रालाई नखेलाउने भनेपछि दोस्रो खेलमा सन्दीप पर्न सक्ने धेरै नेपाली क्रिकेट फ्यानले अनुमान लगाएका थिए । यदयपी ९ खेलमा पर्न असफल भएपछि फ्यानहरु दिल्लीप्रति रुष्ट भएका छन् । कप्तान परिवर्तन भएसंगै अमित मिश्र पुने प्लेयिंग ११ मा पर्न सफल भएका छन् । दिल्लीले गर्ने हरेक ट्वीट र समाचारहरूमा नेपाली क्रिकेट फ्यानहरुले माग भनेकै सन्दीपलाई मौका दिनुपर्छ भन्ने रहेको छ । त्यस्तै दिल्लीको आधिकारीक न्युज पोर्टलले पनि लेग स्पिनरको प्रयोग घरेलु मैदानमा गर्नुपर्ने भएकाले नेपाली शेन वार्नका नामले परिचित सन्दीपलाई मौका दिनुपर्ने धारणा पनि राख्दै आएको छ।

अब सन्दीपले आगामी खेल खेल्छन् वा खेल्दैनन् त्यो त समयले नै देखाउछ । आशा गरौ नेपालका स्टार क्रिकेटर सन्दीप खेलुन र आफ्नो जादुमय प्रदर्शन देखाउन सफल रहुन र नेपाली क्रिकेटको उचाई अझ माथि पुर्याउन ।

सन्दीपको क्रिकेट यात्रा
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्काले सन्दीपलाई क्रिकेट खेल्न सिकाएका थिए । त्यसक्रममा नेपालका पूर्व प्रशिक्षक पुबुद दासानायके चितवन आएका थिए । चितवन क्रिकेट संघको विशेष अनुरोधमा उनले प्रशिक्षण गरिरहेका केही खेलाडीको बलिङ र व्याटिङ अवलोकन गरे । पुबुदु सुरुमै सन्दीपको बलिङ एक्सनबाट प्रभावित भए । जसपछि आईसीसी विश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि राष्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिइएको थियो।

सुपर लिग अन्तर्गत एक खेलमा सन्दिपले ४ विकेट लिएका थिए। सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु १९ विश्वकप २०१६ खेल्ने टिममा सन्दीप छनौट भएका थिए। यु १९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए । आईसीसीले सन्दीपलाई उक्त यु १९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सुचीमा समेत परेका थिए। सन्दीपले उक्त विश्वकपको आयरल्याण्डसंगको खेलमा ह्याट्रिक सहित ५ विकेट लिएका थिए। उक्त विश्वकपमा पाकिस्तानको विरुद्धको खेलमा सन्दीपको बल टर्निंग देखेपछि शेनवार्नसंग तुलना गरेका थिए। त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए।

सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यु गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिबियाविरुद्ध थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यु गरेका थिए ।

त्यसयता उनी राष्ट्रिय टिममा निरन्तर छन् । विश्व क्रिकेट लिगका नौ खेलमा उनले १२ विकेट लिएका छन् । राष्ट्रिय टोलीमा डेब्यु गरेपछि उनलाई हङकङको क्लब टी–२० ब्लिट्जले अवसर दिएको थियो, जहाँ उनले टोलीको कप्तानको रूपमा माइकल क्लार्कलाई भेट्टाए । कोलुन कोन्टेजविरुद्ध सानदार प्रदर्शन गरेपछि क्लार्क सन्दीपसँग आकर्षित भएका थिए ।

क्लार्कले सिड्नीको स्थानीय क्लब वेस्टर्न सुर्बब डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्न लामिछानेलाई सिड्नी बोलाएका थिए । यो प्रतियोगिताले सन्दीप क्लार्कसँगको सम्बन्ध थप आत्मीय बन्यो भने उनले क्लार्कको एकेडेमीमा एक साता अभ्यासको मौकासमेत पाए । क्लार्कले सन्दीप विश्वको उत्कृष्ट बलर भएको ट्विट गर्दै उनी सिड्नीमा रहँदा आफू निकै उत्साहित भएको बताएपछि सन्दीपको चर्चा चुलिएको थियो ।

माइकल क्लार्कको निम्तोमा सन्दीप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका थिए। अस्ट्रेलिया पुग्ने क्रममा सन्दीपलाई स्वागत गर्न क्लार्क स्वयम् एयरपोर्ट पुगेका थिए। उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए।

भिडियो –

आइपिएलमा सन्दीपको छलाङ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK