दिपक र प्रियंकालाई दिपाश्रीको यस्तो निर्देशन

ENGLISH

ENTERTAINMENT

दिपक र प्रियंकालाई दिपाश्रीको यस्तो निर्देशन

16 March, 2016 | Anjana Bhandari | 470 Views | comments

deepa-shree-niraula-4

नेपाली चलचित्र क्षेत्रमा केही समय अभिनय क्षेत्र तिर लागेर निर्देशन क्षेत्रतिर लाग्नेको संख्या बढ्दो छ । यसरी नै निर्देशन गर्नेहरुको समूहमा एउटा नाम थपिएको छ । त्यो नाम हो दिपाश्री नीरौला ।

हाँस्यटेलि शृंखलाहरुबाट र विभिन्न नेपाली चलचित्र मार्फत दर्शकमाझ लोकप्रिय बन्न सफल नायिका दिपाश्री निरौलाले नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ बाट डेब्यु गर्न लागेकी हुन् ।

दिपाश्री निरौलाले कलाकारलाई फिल्मको लागि वर्कआउट गर्न निर्देशन दिएकी छिन् । चैत्र ८ बाट फ्लोरमा जाने भनिएको यो फिल्मको लागि लिएर दिपाश्रीले लिड अभिनेता दिपकराज गिरी र अभिनेत्री प्रियंका कार्कीलाई तौल घटाउन तथा बढाउन निर्देशन दिएकी छिन् ।

दिपाश्रीका अनुसार फिल्मको लागी दिपकले १० केजी तौल घटाउनुपर्नेछ भने प्रियंकाले ७ केजी तौल बढाउनु पर्नेछ । यो समयावधी सुटिङ सुरु हुने दिनसम्म रहनेछ । दिपाश्रीको सिधा निर्देशनपछि दिपकराजले हाँस्दै भने, ‘निर्देशक कडा परिछन् यसपाली, निकै गाली खाईएला जस्तो छ, मलाई मेरो क्यारेक्टर चाहियो मात्रै भन्छिन्। निर्देशकको आग्रह बमोजिम आफूले वर्कआउट गरिरहेको दिपकले बताए ।

फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ्ग ‘हैट’ लगायतको अभिनय रहने छ, भने यसअघि फिल्ममा नरहने भनिएका सिताराम कट्टेल धुर्मुसु पनि छक्का पञ्जामा केमियो भुमिकामा देखिने संभावना बढेको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK