दिपक पाठकको गीतहरु लोकप्रिय बन्दै (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

दिपक पाठकको गीतहरु लोकप्रिय बन्दै (भिडियो सहित)

11 September, 2017 | Sandeep Bhattarai | 935 Views | comments

दिपक संगीत अन्तर्गत रचना, संगीत र गायन तीनवटै विधामा उत्तिकै दमदार क्षमता भएका दिपक पाठकको नयाँ गीत हालै सार्वजनिक भएको छ ।

उनको आफ्नै शव्द, संगित र स्वर रहेको लोकलयमा आधारित “आँखैमा हौ राखौं कि दिलमा राखौं मयालाई” गीतको भिडियो यूट्यूव मार्फत सार्वजनिक गरिएको हो । गीतमा शव्द, संगीत र स्वर उनैको रहेको छ भने संगीत संयोजनको काम चन्दु गोर्खालीले गरेका छन् ।

पुष्पल खड्का र वर्षा सिवाकोटीको अभिनय रहेको उक्त भिडियोको निर्देशन सुमन घिमिरे र सम्पादन अनिल कुमार महर्जनको रहेको छ । दिपकले यस गीत उनको आगामी एल्वम “स्टेप वान“ कालागि तयार गरेका हुन् । चारवटा गीत समावेश गरिने उक्त एल्बमको योे दोस्रो गीत हो भने यसअघि “माकुरीले जाल बुने जसरी” गीतको भिडियोलाई पनि दर्शकहरुले निकै रुचाएका थिए ।

भारतको कलकत्ता स्थित रविन्द्र भारती विश्वविद्यालयबाट शास्त्रीय संगीतको अध्ययन पुरा गरेका पाठक अहिले संगीत गुरुको रुपमा समेत क्रियाशील छन् । आफ्नै इन्स्टिच्युटदेखि अरु विभिन्न संगीत विद्यालयहरुमा समेत संगीत सिकाउन उनलाई भ्याईनभ्याई छ । अन्य गायक गायिकाहरुका लागि गीत लेखन र संगित श्रृजनामा पनि उनको सक्रियता बढ्दै गएको छ ।

पछिल्लो समयमा नेपाली सिनेमाको लागि शब्द लेखन, संगीत श्रृजना र गायनमा पनि उत्तिकै व्यस्त छन् । संगीतका तीनवटै विधामा रहेको विशेष क्षमता, लगन र मिहिनेतका कारण नेपाली सांगीतिक क्षेत्रको गुणस्तर बृद्धिका लागि उनीबाट धेरै आशा गर्न सकिन्छ ।

भिडियो-

अष्ट्रेलियामा बस्ने गायक दिल तामाङले ल्याए ह्रदयस्पर्शी म्युजिक भिडियो (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK