दाहाल र ओली नक्कली कम्युनिष्ट : भट्टराई

ENGLISH

दाहाल र ओली नक्कली कम्युनिष्ट : भट्टराई

19 November, 2017 | Bhawana Pathak | 695 Views | comments

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली नक्कली कम्युनिष्ट भएको आरोप लगाएका छन् ।

शनिबार क्षेत्र नम्बर २ को पालुङटारमा भएको नयाँ शक्ति, कांग्रेस गठनबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको खोल ओढेकाहरुले जनतालाई भ्रममा राखेको दाबी गरे । वाम गठबन्धन छाडेर कांग्रेससँग चुनावी तालमेल गरेको तर्फ इंकित गर्दै उनले भने, ‘मैले नक्कली कम्युनिष्ट छाडेकै हो, माक्र्सवाद छोडेको हैन । बीपी कोइराला पनि माक्र्सवादी थिए । माक्र्सवादको नाममा एकदलीय प्रणाली बेठिक छ ।’

एमाले र माओवादीले माक्र्सवादको नाममा नेपालमा एकदलीय व्यवस्था लाद्न खोजेको उनको आरोप छ । ‘कथित कम्युनिष्टको खोले ओढेर देशलाई अलोकतान्त्रिक बाटोमा लैजाने काम भयरहेको छ’, उनले भने । वामपन्थी र कम्युनिष्टको फरक/फरक अर्थ हुने भट्टराईको भनाई थियो ।

पालुङटारमा बामगठबन्धनले गत बुधबार आयोजना गरेको चुनावी सभामा ओली र दाहालले भट्टराईले कम्युनिष्ट आन्दोलन छाडेको आरोप लगाएका थिए । ‘कम्युनिष्ट छाडेको भन्दै प्रजारबाजी गर्नेले सच्चा कम्युनिष्ट हो भने श्रमिक जनताका रगत र पसिनाको गन्ध सुँघेंर, उनीहरुको पीडाबोध गर्न सक्नुपर्छ नामले मात्र कम्युनिष्ट भइदैन’ भट्टराईले भने ।

लोकतन्त्रलाई जोगाउन आफुले कांग्रेस सँग सहकार्य गरेको उनले बताए । सभामा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको सरकार बन्नु देशका लागि अनिष्ट हुने बताए । कांग्रेस महामन्त्री सशांक कोइरालाले लोकतन्त्रवादीहरुले चुनाव जिते ५ वर्षमा परिवर्तन गरेर देखाउन सक्ने दावी गरे
-कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK