दार्जिलिङ आन्दोलन : नेपालमाथि बेनर्जीको आरोप र यथार्थता

ENGLISH

दार्जिलिङ आन्दोलन : नेपालमाथि बेनर्जीको आरोप र यथार्थता

– यादब देवकोटा –

21 June, 2017 | Sandeep Bhattarai | 2195 Views | comments

– यादब देवकोटा –नेपालको तराई क्षेत्रमा पहिचान र अधिकारका लागि भन्दै मधेशवादी दलहरुले निर्वाचन वहिस्कार गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुको आन्दोलन दोस्रो संविधानसभाले संविधान जारी गर्नुभन्दा अघिदेखि चलिरहेको छ ।

त्यो आन्दोलनले नेपालमा नाकाबन्दीको स्थिति समेत ल्यायो । मधेशी समुदायको पहिचान र अधिकार सुनिश्चित नगरेको र भेदभाव गरेको भन्दै भारतले अघोषित नाकाबन्दी लगाएको थियो । अहिले त्यही भारतको भूमिमा त्यस्तै आन्दोलन चलिरहेको छ । पश्चिम बंगाल सरकारले व्यापक दमन गरेको छ ।

नेपालका राजनीतिक दलको संलग्नता रहेको आरोप पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको छ । तर मुख्यमन्त्री वेनर्जीले आन्दोलनमा नेपालका आन्दोलनकारी र आतंकवादी घुसेको आरोप लगाएपछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता अमित साहले ममता जेलाई पनि आतंकवादी देख्छिन् भन्दै आलोचना गरेका छन् । त्यस्तै गृहमन्त्री राजनाथ सिंहले संवादबाट समस्या समाधान गर्न आव्हान गरेका छन् ।

दार्जिलिङको आन्दोलनमा नेपाली जनताको ठूलो चासो छ । किनभने कुनै समय यो भूमि नेपालको थियो । ग्रेटर नेपालको नक्सा हेर्ने हो भने दार्जिलिङ कुनै समय नेपाली भूमि थियो । तत्कालीन इष्ट इण्डिया कम्पनीसंगको युद्ध हारेपछि सन् १८१६, मार्च ४ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिपछि नेपालले पूर्वको टिष्टापारी र पश्चिममा सतलजपारीको भूमि गुमाएको थियो । अहिले ती भूूमि भारत र केही बंगलादेशमा परेको छ ।

नेपालको तराई र केही पहाडी क्षेत्रमा भाषिक र जातिय पहिचानको आन्दोलन नेपालमा चलिरहेका बेला भारतको पश्चिम बंगालको पहाडी क्षेत्र दार्जिलिङ उद्वेलित छ अलग प्रदेश माग्दै । तराईको आन्दोलनमा भारतको साथ र सहयोगका अनेक प्रमाण छन् ।

नेपालसँग सिमाना जोडिएको र नेपालीभाषीको बाहुल्य अनि वीर नेपालीको चिनारी दिने गोर्खा शब्दसंग जोडेर भैरहेको आन्दोलन हिंसात्मक बन्दैछ, पश्चिम बंगाल सरकारले व्यापक दमन गरेको छ । दार्जिलिङका सडकहरुमा प्यारा मिलिटरी र प्रहरी परिचालन गरिएको छ । टेलिभिजन र इन्टरनेट बन्द गरिएको छ । आन्दोलनका क्रममा तीनजनाको मृत्यु भैसकेको छ ।

सन् १९८८ मा आन्दोलनकारी गोर्खा नेसनल लिबरेसन फ्रन्ट, पश्चिम बंगाल सरकार र केन्द्र सरकारबीच भएको त्रिपक्षीय सहमतिपछि स्वायत्त पर्वतीय परिषद् अवधारणा कार्यान्वयन भए पनि यता आएर गोर्खाल्यान्ड राज्यको लागि संघर्ष चर्किएको छ । यसको कारण भने पश्चिम बंगाल सरकारले नेपालीभाषी क्षेत्रका स्कुलहरूमा समेत बंगाली अनिवार्य गर्ने निर्णय गर्नु हो । यो आन्दोलन अब अलग प्रदेशको मागमा पुगेको छ ।

मुख्यमन्त्री बनर्जीले दार्जिलिङका आन्दोलनकारी पक्षको नेपालका कुनै संगठित समूहसँग साँठगाँठ रहेको आरोपसमेत लगाएकी छिन् । यहाँ स्मरणीय कुरा के छ भने यसअघिको आन्दोलनमा माओवादी घूसपैठ भएको आरोप भारतीय पक्षबाट लगाइएको थियो ।

हुन पनि नेपालको तराई क्षेत्रमा हुने आन्दोलनमा भारतीय घूसपैठिया आउने गरेको प्रमाण एक होइन अनेक छ । भारतले नाकाबन्दी लगाएका बेला वीरगञ्जमा धर्ना बस्न आएका भारतीय मारिएका थिए । भारतले त्यही आधारमा नेपालको संलग्नताको आरोप लगाएको हो ।

तर दार्जिलिङको सीमा क्षेत्रमा नेपालबाट गएका छैनन् । यति गम्भीर आरोप लगाइरहँदा नेपाल सरकारले भारतबाट आधिकारिक तथा प्रमाणजन्य विवरण माग्नु उचित हुनेछ ।

भारतले किन दार्जिलिङको आन्दोलनमा नेपाललाई मुछ्ने गरेको हो यो निकै पेचिलो विषय हो । किनभने यो कुनै समयमा नेपालको भूमि थियो र अहिले पनि त्यहाँ झण्डा, मुद्रा र सुरक्षा संयन्त्र बाहेक, भाषा, संस्कृति, धर्म, संस्कार सबै नेपाली छ । त्यसैले आन्दोेलन कमजोर पार्न नेपालको घूसपैठको आरोप लगाउँदै दमन गरिन्छ ।

के भारत तराईका आन्दोलनकारीहरुलाई उकास्ने र थचार्ने काम बन्द गर्न तयार छ ? भारतले तराईमा गरेजस्तै नेपालले पनि दार्जिलिङको आन्दोलनलाई समर्थन गरे भोलिको दिन कस्तो होला ?

नेपालमा भाषिक र पहिचानको अधिकार दिनुपर्छ भनेर दवाव दिने भारतले आफ्नै देशमा त्यो दिन किन चाहँदैन । किन नरसंहार गरिरहेको छ ? नेपालका राजनीतिक दलहरु किन बोल्दैनन् । त्यहाँको आदोलनमा नेपालको संलग्नता रहेको आरोप मुख्यमन्त्रीले लगाएपछि बोल्नुपर्ने दायित्व कसको हो ?

भारतले भनेजस्तै संलग्नता नभए पनि दार्जिलिङप्रति नेपाल र नेपालीको विशेष सहानुभूति छ किनभने सो क्षेत्र नेपाली भाषा, संस्कृतिले भरिपूर्ण क्षेत्र हो । नेपाली गीत, संगीतमा दार्जिलिङको विशेष योगदान छ । नेपालभित्रै नेपाली भाषा र भेषभुषा कमजोर बनाउने प्रयास भैरहँदा त्यहाँ नेपाली भाषा र भेषभुषाले सडक नै रंगीन बनाउँदै प्रदर्शन गरिरहेका छन् ।

नेपाल र नेपालीको चासो नेपालीपनको हो । नेपाल त्यहाँको समस्या वार्ताको माध्यमबाट समाधान होस् भन्ने चाहन्छ । नेपालको यो सदासयता भारतले बुझ्नु जरुरी छ । के भारत तराईका आन्दोलनकारीहरुलाई उकास्ने र थचार्ने काम बन्द गर्न तयार छ ? भारतले तराईमा गरेजस्तै नेपालले पनि दार्जिलिङको आन्दोलनलाई समर्थन गरे भोलिको दिन कस्तो होला ?

नेपाललाई अहिले आफ्नै घरभित्र (तराई)को झगडा मिलाउने चटारो छ । जुन आन्दोलनमा भारतको उच्च चासो रहेको छ । भारतीय मूलका मधेशीहरुलाई अधिकार दिइएन भनेर भारतबाट भैरहेको जस्तो वक्तव्यवाजी नेपालले नेपाली भाषाहरुमाथि भारतले दमन गर्यो भनेर गरेको छैन/ गर्ने पनि छैन । नेपाल र नेपाली जनताको गहिरो सहानुभूति र समर्थन दार्जिलिङबासीको आन्दोलनमा छ । अधिकारको लडाइँमा विश्वको जुनसुकै कुनाबाट पनि सद्भाव मिल्छ । अझ दार्जिलिङ त नेपाली भाषीहरुको बाहुल्य रहेको क्षेत्र ।

तर, पनि बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई भन्नैपर्छ हामी भारत जस्तो अरुको मामिलामा हस्तक्षेप गर्दैैनौं र सिमा काटेर अरुको भूमिमा ढुंगा हान्न जाने संस्कृति हाम्रो छैन । आफ्नो कुर्सी जोगाउन निकटतम छिमेकीलाई दोषारोपण गर्नुअघि धेरैपटक सोच्नुपर्छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका...

आमिरको एक निर्णयले बदलियो यीनको जीवन

मानिस हतारमा निर्णय गर्दछ अनि फुर्सदमा पछुताउँछ । हतारमा...

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया...

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif