दार्जिलिङमामा सुरक्षाकर्मीको गोलीबाट तीनजनाको मृत्यु, तनाव बढ्यो (भिडियो सहित)

ENGLISH

WORLD

दार्जिलिङमामा सुरक्षाकर्मीको गोलीबाट तीनजनाको मृत्यु, तनाव बढ्यो (भिडियो सहित)

9 July, 2017 | Sandeep Bhattarai | 1165 Views | comments

दार्जिलिङ

गोर्खाल्याण्डको अलग प्रदेशको माग राख्दै आन्दोलित भैरहेको नेपाली भाषीबाहुल्य भारतको पश्चिम बंगालको दार्जिलिङमा सुरक्षाकर्मीको गोलीबाट तीनजनाको मृत्यु भएको छ ।

शुक्रबार राति औषधि किन्न बजार जादै गर्दा सीआरपीएफको गोलीबाट दार्जिलिङ सोनादामा स्थानीय युवा टासी भुटियाको मृत्यु भएपछि दार्जिलिङमा पुनः तनाव बढेको छ । भुटिया गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा कार्यकर्ता रहेको बताइएको छ ।

भुटियाको हत्याको घटनाले शनिबार दिनभर दार्जिलिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रस्त बन्यो । भुटियाको हत्या घटनाको बिरोधमा दार्जिलिङका बिभिन्न स्थानमा भएको तोडफोड र सुरक्षाकर्मीको भीडन्तमा थप एक युवाको मृत्यु भएको कालिम्पोङको अनलाइन पत्रिका खबर म्यागेजिनले जनाएको छ ।

टासीको मृत्युपछि शनिबार दार्जिलिङलगायत क्षेत्रमा पुनः तनाव बढेको हो । प्रदर्शन नियन्त्रण गर्न दार्जिलिङमा पुनः सेना सडकमा आएको छ । बिहान ११ बजेतिर सुरु प्रदर्शनले आर्ट ग्यालरी, दार्जिलिङ बजारलगायत क्षेत्रमा तनाव बढाएपछि साँझ ४ बजेतिर सेना सडकमा आएको थियो । त्यसपछि पनि टियर ग्यास प्रहार गर्ने, गोली चल्ने गरेका दृश्य देखिएको तर घटनाको विस्तृत विवरण आइनसकेको म्यागेजिनले जनाएको छ ।

शनिबार तुङसुङ निवासी ३७ वर्षीय सुरज सुन्दासको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । सुरक्षाकर्मीको फायरिङवाट १२ जना भन्दा बढी घाइते छन् ।

गत महिनामा पनि यस विषयमा आन्दोलन हुँदा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको थियो । भाषाको विषयलाई लिएर दार्जिलिङमा ८ जुनयता दिनहुँ तनाव भइरहेको थियो । शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको मोर्चाले १५ जुनमा अकास्मात् आमहड्ताल आह्वान गरेपछि अहिलेसम्म खुल्न सकेको छैन ।

हेर्नुहोस् दार्जिलिङका सम्बन्धमा तयार पारिएको यो भिडियो-

दार्जिलिङमा उन्मुक्तिको अर्को आगो : नेपालीभाषी आन्दोलनमा, सडकमा सैनिक गस्ती

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK