दामोदर पुडासैनी प्रतिभा पुरस्कार रानु र श्रमजीवीलाई

ENGLISH

दामोदर पुडासैनी प्रतिभा पुरस्कार रानु र श्रमजीवीलाई

11 March, 2016 | Sandeep Bhattarai | 510 Views | comments

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले २०७१ र ०७२ सालको “दामोदर पुडासैनी प्रतिभा पुरस्कार” दुईजना साहित्यकारलाई प्रदान गरेको छ ।

pur

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले मंगलबार काठमाडौंको रानीबारीमा आयोजना गरेको कार्यक्रममा २०७२ सालको दामोदर पुडासैनी प्रतिभा पुरस्कार साहित्यकार मञ्जु श्री प्रधान ‘रानु’लाई र २०७१ सालको “दामोदर पुडासैनी प्रतिभा पुरस्कार” साहित्यकार डिल्लीराम मिश्रा ‘श्रमजीवी’ लाई प्रदान गरेको हो ।

साहित्यकार रानु र श्रमजीवीलाई कोषका संस्थापक तथा संरक्षक दामोदर पुडासैनी ‘किशोर’, कार्यक्रमकी प्रमुख अतिथी प्रा.डा.ज्ञानु पाण्डे तथा रानीबारी महिला समाजकी अध्यक्ष जुनु लोहनीले सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषका संस्थापक तथा संरक्षक दामोदर पुडासैनीले स्वदेश तथा विदेशमा रहेका स्रष्टाहरूको हौसला बढाउँन यो पुरस्कार स्थापना गरेको बताए ।

त्यस्तै कोषले विभिन्न विधाका पुस्तक प्रकाशित गर्ने, साहित्यिक सम्वर्धनका क्रियाकलापहरू आयोजना गर्दै आएको कारण साहित्यिक वृद्धिमा ठूलो मद्धत पुगेको पनि उनले बताए ।सो अवसरमा मानवादी अभियन्ता उत्तम निरौला, पत्रकार लोग्शरी कुँवर, साहित्यकार हरिभक्त सिग्देल, समाजसेवी देवी प्रसाद न्यौपानेले श्रमजीवी श्र्र्रष्टाहरूको सम्मानका लागि यो पुरस्कार कोशेढुङ्गा साबित भएको चर्चा गरे ।

पुरस्कृत प्रतिभा डिल्लीराम मिश्र ‘श्रमजीवी’ले दामोदर पुडासैनी प्रतिभा पुरस्कार जस्तो विबादरहित र गरिमामय पुरस्कार पाउँदा गौरवान्वित भएको बताए ।त्यस्तै पुरस्कृत स्रष्टा मञ्जु श्री प्रधान ‘रानु’ले पुरस्कारले आफ्नो उचाई बढेको महसुश गरेको बताइन् । वि.स. २०६३ सालमा स्थापना भएको दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले देशका ३० भन्दा बढि जिल्लामा आफ्नो उद्देश्य अनुसार कार्य गर्दै आएको जनाएको छ ।

pu1

रानीबारी महिला समाजकी अध्यक्ष जुनु लोहनीले यस किसिमको स्वच्छ साहित्यिक क्रियाकलापले समाज विकासमा योगदान पुग्ने कुरा बताइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK