दाङ देउखुरी समाज यूएईद्वारा अग्निपीडितहरुलाई राहत वितरण

ENGLISH

NRN GLOBAL

दाङ देउखुरी समाज यूएईद्वारा अग्निपीडितहरुलाई राहत वितरण

5 June, 2016 | Sandeep Bhattarai | 720 Views | comments

dangरोजगारको शिलसिलामा युएईमा रहदै आएका दाङ जिल्ला वासिहरुकोे साझा सामाजिक संस्था दाङ देउखुरी समाज युएईले शूक्रवार राजपुर ९ खिर्की नाकाका अग्निपीडितहरुलाई राहत वितरण गरेको छ ।

समाजका प्रतिनिधी जुद्द बहादुर भण्डारीले खिर्की वासीलाई वाँकेको खास्खुस्मा पुगेर राहत वितरण तथा हस्तान्तारण गर्नु भएको हो ।INF दाङले वितरण गर्नलाएको कर्कट पाता ल्याउन खिर्कीवासीहरु वाँके आएको अवसर पारेर राहत वितरण गरिएको हो । भण्डारीले खिर्कीका अग्निपिडित नौ घरपरिवारलाई प्रती परिवार ३,७००।– (तीन हजार सात सय रुपैयाँ) को दरले कुल ३३,३००।– (तेत्तीस हजार तीन सय रुपैयाँ) वितरण गर्नुभएको हो ।

कार्यक्रममा संस्थाका प्रतिनिधि भण्डारीले संस्थाले यस अघि पनि गंगापरस्पुर गाविस ५४ अग्नि पिडित घरपरिवारलाई करिव २ लाख रुपैयाँ बराबरको चामल वितरण गरेको र नाकामा पनि चामल ल्याउन खोजे पनि वाटोको समस्याका कारण नगद हस्तान्तरण गर्नु परेको बताउनुुभयो । साथै अब छिट्टै नै राजपुर गाविसका अन्य दुई अग्निपिडित गाउँ खांग्रा र छेकृयाका सात घरपरिवारलाई पनि राहत वितरण गरिने जानकारी दिनुभयो ।

प्रवासमा परिश्रम गरेर पनि यसरी मातृभूमिमा परेका बिपत्तिमा सानो भए पनि सहयोग गर्न पाउँदा दाङ देउखुरी समाज युएई खुशी भएको र आउंदा दिनमा पनि यस्ता परिस्थितिहरुमा आफूहरुको साथ र सहयोग संधै रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

पीडित घरपरिवारले पनि यस्तो बिपत्तिमा बिदेशमा खुन पसिना एक गरि कमाएर आफ्नो गाँस कटाएर सहयोग गर्ने समाज प्रती आफुहरु सधै ऋणी रहने भन्दै धन्यवाद समेत ब्यक्त गरेका थिए। समाज स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । हालै दाङको गंगा परस्पुर राजपुर गा.वि.स. मा भीषण आगलागिका कारण पिडितहरुलाई नगद तथा खाद्यान्न राहत वितरण गरेको छ । सामाजिक सेवा भावका साथ रोजगारको शिलसिलामा युएई रहेका दाङ्गाली युवाहरुको यो संगठन एक वर्ष अगाडी दखि सुरु गरिएको हो ।

यो पनि हेर्नुस – नेपाली समाज युएई को अन्तरक्रिया कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK