दाइजो नियन्त्रण गर्न कडा कानुन ल्याइँदै

ENGLISH

दाइजो नियन्त्रण गर्न कडा कानुन ल्याइँदै

3 January, 2017 | Bhawana Pathak | 705 Views | comments

विवाहमा लेनदेन हुने दाइजोलाई नियन्त्रण गर्ने कडा प्रावधानसहितको कानुन बनाउने तयारी थालिएको छ । दाइजो नियन्त्रणसम्बन्धी कानुन पुरानो भएको र प्रभावकारी समेत नभएकाले व्यवस्थापिका–संसद्ले नयाँ कानुन बनाउन लागेको हो । देशका विभिन्न भागमा दाइजोकै कारण हिंसात्मक घटना बढिरहेकाले दाइजोलाई दण्डनीय बनाई नियन्त्रण गर्ने कानुन बनाउन लागिएको हो । ४ दशकअघि बनेको सामाजिक व्यवहार सुधार ऐन भने खारेज हुनेछ ।

daijo

प्रस्तावित नयाँ विधेयकमा विवाहमा दबाब दिई दाइजो दिन/लिन नहुने व्यवस्था गरिएको छ । सामाजिक व्यवहार सुधार गर्न प्रस्तावित नयाँ विधेयकको दफा ४ ले राजीखुसीले दिइने उपहारको पनि सीमा तोकिदिएको छ । त्यसमा दुलहा पक्षले दुलहीलाई कपडा तथा बढीमा ४० ग्राम सुन वा त्यस बराबरको प्रचलित मूल्यले हुने रकमको गहना राजीखुसीले दिन सकिने उल्लेख गरिएको छ । त्यसबाहिर गई दबाब वा करकापमा पारी दाइजो लेनदेन गरेमा बिगो जफत गरी सोहीबमोजिम जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

दाइजो लेनदेन भइनसकेको तर लेनदेन हुन लागेको सूचनाका आधारमा ५० हजार रुपैयाँसम्म जरिवाना वा डेढ महिना कैद वा दुवै सजाय हुन सक्नेछ । सामाजिक व्यवहारमा अनुत्पादक खर्च तथा भडकिलो प्रदर्शन गर्ने प्रवृत्तिलाई रोक्न, सर्वसाधारण जनताको आर्थिक हित कायम गर्न तथा सामाजिक व्यवहारलाई सरल, स्वच्छ, मितव्ययी र मर्यादित बनाउन कानुन परिमार्जन गर्न लागिएको हो । त्यसैगरी दाइजो वा तिलक लेनदेनसम्बन्धी कुनै सम्झौता भए यही कानुनअनुसार स्वत: बदरभागी हुनेछ । यसअघिको कानुनमा विवाहमा ५१ जनासम्म मात्र जन्ती जान सक्ने व्यवस्था भए पनि सबैतिरबाट त्यसको उल्लंघन गरिएको थियो । प्रस्तावित कानुनमा भने जन्ती संख्या बढाएर एक सय ५० पुर्‍याइएको छ । जन्तीमा सहभागीलाई नगद वा जिन्सी उपहार समेत दिन नमिल्ने भनिएको छ ।

अनावश्यक रूपमा हुने भोज र सहभागी संख्यालाई समेत नियन्त्रण गरिएको छ । प्रस्तावित कानुनमा विवाहका लागि हुने भोजमा ३ सय ५० र अन्य सामाजिक व्यवहारको काममा हुने भोजमा एक सयभन्दा बढी सहभागी हुन नपाइने व्यवस्था छ । धार्मिक, सामाजिक कार्य वा कल्याणकारी कामका लागि खर्च जुटाउने हिसाबले गरिने काममा भने यो बन्देज हुने छैन ।
सामाजिक व्यवहार गर्ने व्यक्तिले काम सम्पन्न भएको १५ दिनभित्र सम्पूर्ण हिसाबकिताब स्थानीय निकायमा बुझाउनुपर्ने नयाँ प्रावधान समेत त्यसमा छ । प्रस्तावित कानुन उल्लंघन गर्ने विरुद्ध फौजदारी अभियोगमा सरकारवादी मुद्दा चल्ने व्यवस्था पनि छ ।

यो विधेयक हाल संसदको राज्य व्यवस्था समितिमा विचाराधीन छ । ‘विधेयकमाथि दफावार छलफल भइरहेको छ ।केही महिनाभित्रै संसद्को पूर्ण बैठकमा पेस हुनेछ,’ समितिका एक सदस्यले कान्तिपुरसँग भने । यो विधेयकले ऐनको रूप लिएपछि २०३३ सालको सामाजिक व्यवहार सुधार ऐन भने खारेज हुनेछ ।
-कान्तिपुर बाट

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK