दसैंको मौका पारेर सिड्नीमा नेपाल चंगा महोत्सव

ENGLISH

NRN GLOBAL

दसैंको मौका पारेर सिड्नीमा नेपाल चंगा महोत्सव

दसैंको मौका पारेर सिड्नीमा नेपाल चंगा महोत्सव

गायक दीपक बज्राचार्य र रिदम ब्याण्ड मुख्य आकर्षण

10 October, 2018 | Sandeep Bhattarai | 1590 Views | comments

दसैंको मौका पारेर सिड्नीमा नेपाल चंगा महोत्सव

दसैंको अवसर पारेर यही शनिवार अर्थात अक्टोबर १३ का दिन अष्ट्रेलियाको सिड्नीमा पाँचौं संस्करणको नेपाल चंगा महोत्सव–२०१८ आयोजना हुँदैछ । गुठी अष्ट्रेलियाले सिड्नीको स्थानिय बाइसेन्टिनियल पार्कमा आयोजना गर्न लागेको नेपाल काइट फेस्टिभल–२०१८ को पाँचौं संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ ।

आयोजक गुठि अष्ट्रेलियाले ‘नेपाल काइट फेस्टिभल–२०१८’ शीर्षक राखेको उक्त फेस्टिवलको मुख्य प्रायोजनको जिम्मा ओली एण्ड एसोसिएट्ले लिएको छ ।नेपाली समुदायमाझ अत्यन्त लोकप्रिय यो फेस्टिभलको मुख्य आकर्षण चंगा उडाउनु भए पनि यो वर्ष आयोजना संस्थाले नेपालका लोकप्रिय गायक दीपक बज्राचार्य तथा उनको रिदम ब्याण्डलाई प्रमुख आकर्षण बनाएको छ ।

दीपक तथा उनको ब्याण्डले सिड्नी बाहेकका विभिन्न ६ ठाउ“मा सांगीतिक प्रस्तुत दिइसकेको छ भने अन्तिम कार्यक्रमको रुपमा नेपाल काइट फेस्टिभलमा प्रस्तुत हुन लागेको हो । दीपकको ‘मन मगन…’ गीत यतिबेला लोकप्रियताको शिखरमा छ । यसबाहेक दीपकले गाएका दर्जनौं गीतहरु दर्शक तथा स्रोतामाझ लोकप्रिय छन् ।

आयोजक गुठी अष्ट्रेलियाले फेस्टिभलको सम्पूर्ण तयारी पुरा भैसकेको तथा कार्यक्रमलाई सफल बनाउन सिड्नी तथा वरपरका सबै नेपालीलाई उपस्थित हुन अनुरोध गरिसकेको छ । कार्यक्रम स्थानिय समय अनुसार दिउँसो १२ बजेदेखि राती ९ बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको निर्धारित तालिका अनुसार दिउ“सो १२ बजेदेखि ५ बजेसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीहरु सञ्चालन गरिने छ । त्यसक्रममा स्थानिय कलाकारहरुको प्रस्तुती, चंगा उडान प्रतियोगिता, मःम खाने प्रतियोगिता, रथ जात्रा, लाखे नृत्य, पुलुकिसी नृत्य सञ्चालन गरिनेछ । कार्यक्रमको यो अघिल्लो चरणलाई पारिवारिक शैली प्रदान गरिएको छ भने साँझ ५ बजेपछिको कार्यक्रमलाई सांगीतिक प्रस्तुतीमार्फत अघि बढाइने छ । जस अन्तर्गत गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डले उपस्थित दर्शकमाझ आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् । त्यसक्रममा अष्ट्रेलियामै रहेका स्थानिय कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रममा आठ वटा फरक–फरक फुड स्टलहरुको व्यवस्था गरिने छ । त्यसका साथै बालबालिकाहरुको लागि जम्पिङ क्यास्टल, फेस पेन्टिङसहितका मनोरञ्जनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिने तयारी आयोजक संस्थाको छ ।

आयोजक गुठि अष्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठका अनुसार कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन, यद्यपि चंगा लट्टाई भने निश्चित शुल्क तिरि भाडामा किन्न पाईने छ ।

यस बर्षको बडा दशैं शुरु : आज घरघरमा घटस्थापना गरिदैँ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

मसल मोडल प्रतियोगिता

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ पदक

१३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी...

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

सम्मान र भाषण बिना कार्यक्रम भव्यरुपमा सम्पन्न गत अक्टोबर...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK