दसैँको चहलपहल सुरु : नोट सटहीदेखि काठमाडौंबाट बाहिरिने गतिविधि बढ्दै

ENGLISH

दसैँको चहलपहल सुरु : नोट सटहीदेखि काठमाडौंबाट बाहिरिने गतिविधि बढ्दै

8 September, 2017 | Bhawana Pathak | 795 Views | comments

उपत्यकामा दसैँका खाद्य सामग्री आयात गर्नेेदेखि काठमाडौंबाट बाहिरिनेसम्मका गतिविधि बढ्दै

दसैँका लागि ४५ हजार खसी, बोका र च्याङ्ग्रा

व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले मागअनुसार ल्याउन आफूहरू तयार भएको बताए । हाल साप्ताहिक रूपमा पाँच हजार खसी, बोका आयात र खपत भइरहेको छ ।

प्रतिकिलो पाँच सय : हाल जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ४५० रुपैयाँ छ । दसैँँमा आयात बढाउनुपर्ने भएकाले मूल्य बढ्ने अध्यक्ष पाठकले बताए । हाल काटेको खसीको मासु प्रतिकिलो ८५० देखि ९ सयसम्म पर्छ । व्यवसायीले करिब ३ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेका छन् । हाल प्रतिकिलो ७ सय छ । दसैँमा केही बढ्ने अनुमान छ ।

एकजनालाई २७ हजारबराबरका नयाँ नोट
नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत सुविधा दिनेछ । आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

४० अर्ब नयाँ नोट साटिने : यस वर्ष करिब ४० अर्बको नयाँ नोट सटही हुने अनुमान गरिएको छ । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब नयाँ नोट सटही भएका थिए । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा दिने गरेको छ ।

बसको अग्रिम टिकट बुकिङ अनिश्चित
यातायात व्यवसायी भन्छन्, चार माग पूरा नभई बुकिङ खुल्दैन
चाडपर्वमा घर जाने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । सरकारले बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने घोषणा गरे पनि व्यवसायीले असहयोग गरेपछि खुल्न सकेन । विभागले तोकिएको समयमा अग्रिम टिकट खुला नगरेको भन्दै व्यवसायीलाई जरिवाना गर्ने तयारी गरेको छ ।

चाडपर्वलाई दैनिक सात हजारसम्म सवारी
नेपाल यातायात व्यवसायी महासंघका अनुसार यात्रुको चाप बढेपछि चाडपर्वको समयमा दैनिक सात हजारसम्म सवारीसाधन काठमाडौंबाट बाहिर जानेछन् । अन्य समयमा काठमाडौंबाट दैनिक बाहिरिने भाडाका सवारीसाधनको संख्या २८ सयदेखि तीन हजारसम्म रहेको छ ।

हवाई टिकटमा चाप
आन्तरिक उडानमा दसैँलक्षित टिकट बुकिङ अत्यधिक रहेको वायुसेवा कम्पनीहरूले बताएका छन् । विशेषगरी घटस्थापनादेखि दशमीसम्मका सबैजसो टिकट बिक्री भइसकेको सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले बताए । उनका अनुसार नियमित उडानका टिकट सबैजसो बिक्री भएपछि वायुसेवा कम्पनीले माग हेरेर अतिरिक्त उडान थप्ने गर्छन् । सामान्यतः एक महिनाअघि नै टिकट होल्ड गरेर राख्ने प्रवृत्तिका कारण आन्तरिक उडानमा चाडबाड र पर्यटकीय मौसममा हवाई यात्रा कठिन हुने गरेको छ ।

सुपथ पसलमा १० रुपैयाँसम्म छुट
सरकारले १६ भदौदेखि उपत्यकाका ९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपत्यकाबाहिर साल्ट टे«डिङ कर्पोरेसनका २२ कार्यालयमा समेत सुपथ पसल सञ्चालनमा आएका छन् । खाद्य संस्थानले पनि छुट मूल्यमा चामल, फापर बिक्री गरिरहेको छ । उपत्यका र बाहिर २२ वटा घुम्ती पसल सञ्चालनमा छन् । सुपथ पसलमा एउटा परिवारले चामल ३० किलो र नुन ६ किलो खरिद गर्न पाउने व्यवस्था गरिएको छ । नुनमा २ र चामलमा ५ रुपैयाँ तथा घिउ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट गरिएको छ ।

उपत्यकाबाट बाहिरिने सबै नाका सुचारु छन्
रमेशकुमार सिंह, सहप्रवक्ता, सडक विभाग

काठमाडौंबाट बाहिर जाने सबै राजमार्ग अहिले सुचारु छन् । कलंकी–नारायणघाट सडकका खाल्डाखुल्डी पुर्ने र सवारी आवतजावतलाई सहज बनाउने काम भइरहेको छ । मुग्लिङ–नारायणघाट खण्डमा सवारीसाधन सञ्चालन हुने समय वृद्धि गरेर यातायात सुचारु राख्ने तयारी भइरहेको छ ।

बसको छतमा बसेर दसैँमा घर जान पाउनुहुन्न
सर्वेन्द्र खनाल, प्रमुख, महानगरीय ट्राफिक
टिकट फिर्ता नलिने र ठग्न खोज्नेलाई तत्काल कारबाही हुन्छ । सवारीसाधन बिग्रिएर रोकिँदा पनि ढिलाइ हुने गरेको छ, त्यसलाई समाधान गर्न यातायात व्यवस्था विभागसँग क्रेनको माग गरेका छौँ । बसको छतमा बसेर यात्रा गर्न दिइन्न । नियमनमा कडाइ गर्दै छौँ।
-नया पत्रिका बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK