दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका

24 October, 2016 | Sandeep Bhattarai | 1065 Views | comments

नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार एक सांस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरुसंगै शुभकामना आदान प्रदान गरेका छन् ।

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा बु्रमफिल स्थित लिगेसीहाई स्कूलमा सम्पन्न कार्यक्रममा हास्य कलाकार शिबहरी पौड्याल, नायक दिलिप रायमाझी, गायक रतन सुबेदी, कलाकार संगिता शर्मा, कृष्णमुरारी ढुङ्गेल, अमित कम्पोजर, लाक्पा शेर्पा, साहारा कार्कि जस्ता कला तथा संगितका पारखिहरुले आ–आङ्खनो कला प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन दिएका थिए ।

मातृभुमी नेपाल राष्ट्रले गुमाएको ज्ञात अज्ञात कलाकारहरुको संझनामा एक मिनेट मौनधारण पछि राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमको सुरुमा संगिता शर्माले बज्रयोगीनी नृत्य, शिबहरी पौड्याले हास्यकार्यक्रम खिचडी, प्यारोडी गायक रतन सुवेदीले ‘सुर्केथैली’,शनिबार र रातोभाले क्वाए“ क्वाए“ भन्ने बोलको गीतलाई बिभिन्न गायकहरुका स्वरमा गाएर तथा नायक दिलीप रायमाझीले ‘पानी पर्यो असिना झर्यो’ , ‘झुम्के रुमाल खै’ भन्ने गीतमा स्थानीय कलाकारहरु अम्बीका अधिकारी र भाबना श्रेष्ठसंग नृत्य प्रस्तुत गरेर दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएका थिए ।

त्यस्तै अन्य प्रस्तुतीहरुमा शिबहरी पौड्यल र कृष्णमुरारी ढुङ्गेलको हास्य कार्यक्रम म्यारिज ब्यूरो, दर्पण छायां २ की नायिका साहारा कार्कीको नृत्य, अम्बीका अधिकारी र ईबु केसीको तिहारको संस्कृती झल्कने नृत्य, बाल कलाकारहरु अभ्यास भट्टराई र अनीसा भट्टराईको हुन्न बुढी भन्ने गीतमा नृत्य, तमुपेलु कोलोराडोको नृत्य प्रस्तुती र भुटानी समुदायको नृत्य लगायत स्थानीय कलाकारहरुको प्रस्तुती उल्लेखनीय रहेको थियो ।

कार्यक्रममा नेपालमा भुकम्पले क्षती पुर्याएको संरचना बिद्यालय, गुम्बा, पुल निर्माणको लागी तिनकरोड भन्दा बढि सहयोग गर्ने सोलुखुम्बुमा जन्मेका कोलोराडो निवासी ईन्जिनियर तथा ब्यवसाही पेम्बा शेर्पालाई रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्यले खदा पहि¥याई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । सोही अबसरमा दर्पण छायां २ की नायीका साहारा कार्कीलाई पनि अध्यक्ष आचार्यले सम्मान गरेका थिए ।

संस्थाका कल्चर सेक्रेटरी दिनेश कार्कीले संस्चालन गरेको कार्यक्रममा महासचिब बिनोद त्रीपाठीले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्य राखेका थिए भने, अध्यक्ष आचार्यले सुभकामना व्यक्त गर्दै अमेरीकामा जन्मे हुर्केका नेपालीबालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृती पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

कार्यक्रमको सकारात्मक पक्ष नेपाली संस्कृतीको संरक्षण र पहिचाहन गराउन हरेक बर्ष कार्यक्रमलाई निरन्तरता दिनु, राष्ट्रिय कलाकारहरुलाई सहभागिता गराउनुु, सहभागी सबैलाई खाना निःशुल्क उपलब्ध गराउनु मान्न सकिन्छ । सुधार गर्नुे पक्ष तोकिएको समयमा कार्यक्रम सुरु गर्न र साउन्ड सिष्टमको राम्रो ब्याबस्था गरेर मात्र कार्यक्रम गर्न सहभागीहरुले आयोजकलाई सल्लाह दिएका छन् । कार्यक्रम तोकीएको समय भन्दा २ घण्टा ढिला शुरु भएको थियो भने कार्यक्रमको दौरानमा पटक पटक साउन्ड सिष्टम बन्द हुदा सहभागी तथा कलाकार आयोजक समक्ष गुनासो गर्दै थिए ।

अमेरिका नेपाल सोसाइटीको दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK