दशैं, तिहार, नेपाल सम्बत र छठ पर्बको उपलक्ष्यमा तनहुँ सेवा समाज युएईको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

दशैं, तिहार, नेपाल सम्बत र छठ पर्बको उपलक्ष्यमा तनहुँ सेवा समाज युएईको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

संगीता सोति, युएई

30 October, 2018 | Sandeep Bhattarai | 2505 Views | comments

तनहुँ सेवा समाज

बिजया दशमी, दिपावली, नेपाल सम्बत र छठ पर्बको उपलक्ष्यमा तनहुँ सेवा समाज युएईद्धारा २६ अक्टोबरका दिन शुभकामना आदानप्रदान कार्यक्रम अतिनै हर्ष उल्लासका साथ सम्पन्न भएको छ ।

रोजगारीको शिलशिलामा यूएईमा आएका तनहुँयलीहरुको छाता संगठन तनहुँ सेवा समाजले आयोजना गरेको यस कार्यक्रममा तनहुँ बासी एबं आम नेपालीको उपस्थिति रहेको थियो।

तनहुँ सेवा समाज

संस्थाका प्रमुख अध्यक्ष कृष्ण पौडेलको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्थाका वरिष्ठ सल्लाहकार भिमनारायण श्रेष्ठ ज्यु रहनु भएको थियो।अतिथिहरुमा समाजका सल्लाहकारहरु टंक गुरुङ, कृष्ण रायमाझी रहनु भएको थियो । तनहुँ सेवा समाजको सकृय उपाध्यक्ष कल्पना रिमाल, पत्रकार महाशाखा युएईका अध्यक्ष भुपराज बस्याल, नमस्ते ट्राभलका संचालक एवं अन्तराष्ट्रिय धादिङ्ग समाजका अध्यक्ष नानुकाजी अर्याल, दाङ देउखुरी समाजका अध्यक्ष कमल गिरी, नेपाली सहयोगी हातहरुका अध्यक्ष रामप्रसाद गैह्रे , ताप्लेजुङ् समाज अध्यक्ष सोनि भण्डारी, आई एम ई प्रतिनिधि ईश्वर अधिकारी, मगर समाजका अध्यक्ष टन्का थापामगर र प्रबासी भुजेल सेवा समाजका उपाध्यक्ष तुलबहादुर घर्तीभुजेल लगायतको उपस्थिति रहेको थियो ।

तनहुँ सेवा समाज

संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रबिन श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा अतिथीहरु, प्रमुख अतिथि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै कवि भानुभक्त आचार्यको स्मरण गर्दै यस संस्थाका केन्द्रिय कोषाध्यक्ष फडिन्द्र राज अधिकारी र केन्द्रिय सदस्य गणेश बस्नेतबाट सुमधुर कविता बाचन भएको थियो ।परदेशमै भएता पनि नेपाली चाडपर्वलाई पूर्णता दिने अभिप्रायका साथ परिचयात्मक कार्यक्रमका साथमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको थियो ।

तनहुँ सेवा समाज

संस्थाका सचिव सुरिन भुजेल द्धारा सञ्चालित औपचारिक कार्यक्रममा युएईको विभिन्न ३ स्थानहरुमा राखिएको भलिबल प्रतियोगितामा सहभागिता जनाउनु भएका तनहुँ सेवा समाजका खेलाडीहरुले आफ्नो प्रतिभा देखाई २ ठाउँमा प्रथम र १ ठाउँमा दृतिया स्थान लिन सफल भएका थिए।समाजद्घारा उक्त खेलाडीहरुलाई सम्मान पत्र वितरण गरिएको थियो । सम्मान हुने खेलाडीहरू निम्नलिखित रहेको छन । भरत थापा,बिसान घर्ती,बेलु थापा,गणेश केसी,बिकाश हितिङ,देब लिम्बु,दिपेन्द्र मगर ,सोम गुरुङ ,सुर्य गुरुङ,राज थापा रहेका छन् ।यसै अवसरमा समाजको साधारण भेला २१ सेप्टेम्बरका दिन कला प्रस्तुती दिने कलाकारहरुलाई सम्मान गरिएको थियो । सम्मान हुने हरुमा कलाकार संगीता सोति, लक्ष्मण सुनार, राजेश भन्डारी र अनिल दवाडी रहेका थिए ।

कार्यक्रममा नेपाली परम्परा अनुसारको खानपानमा समाज सेवी उपाध्यक्ष कल्पना रिमाल , केन्द्रिय सदस्य कलाकार सङ्गिता सोती तथा समाजका अध्यक्ष कृष्ण पौडेल ज्युको निकै राम्रो ब्यबस्थापन थियो । साथै मनोरञ्जनका लागि खेलकुद पनि खेलाईएको थियो । प्रत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालको नेतृत्वमा ५ सदस्यीय निर्णायक टोली रहनु भएको थियो । खेलमा तातो आलूमा प्रथम सत्या मिश्र, हिसाब दौड प्रथममा कृष्ण रायमाझी, बेलून फुटाउनेमा प्रथम देब लिम्बु , साथी खोजीबाट बिरालो टोली  गणेश बस्नेत, स्यम श्रेष्ठ, हेमा बिकको टोली प्रथम हुनु भएको थियो । प्रथम हुनेलाई तनहुँ सेवा समाजको लोगो सहितको कप उपहार दिइएको थियो।

तनहुँ सेवा समाज

यसका साथै अन्तिममा लोक दोहोरी घम्सा घम्सी माहोलमा तनहुँबासीको बाक्लो उपस्थितिले परदेशमा यसरी चाडपर्वमा रमाउदा साथी भाइ, दिदिबहिनी सबैमा आफ्नो पन देखिएको थियो ।

तनहुँ सेवा समाज दोहाको बनभोजमा कुमारीले धमाका मच्चाउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK