दलित अधिकारकालागि बृहत साझेदारीमा जोड

ENGLISH

NRN GLOBAL

दलित अधिकारकालागि बृहत साझेदारीमा जोड

27 March, 2016 | Bipin Acharya | 470 Views | comments

अमेरिकाकालागि नेपालका राजदूत डा. अर्जुन कार्कीले दलितलाई गरिने विभेद मानताविरुद्धको कार्य भन्दै कानुनीव्यवस्थाले मात्र त्यसको अन्त्य सम्भव नभएको उल्लेख गरेका छन् । उनले कानुनी व्यवस्थाविभेद विरुद्धको पहिलो खुटि्कलो मात्र रहेको बताएका छन् ।

jpt

दलित अधिकारकालागि अन्तर्राष्ट्रिय आयोग -आइसीडीआर) को साधारणसभा लाई सम्बोधनगर्दै राजदूत कार्कीले दलितमाथि भइरहेको अमानवीय व्यवहारको अन्त्यकालागि सबै तह र तप्काकामानिसहरुको साझा प्रयासआवश्यक रहेको बताए ।

नयाा संविधानमा दलित, आदिवासी जनजाति र महिला लगायत विभेदमा पारिएका समुदायको हकअधिकार स्थापित गर्नका लागि व्यवस्थाहरु गरिएको उल्लेख गर्दै यसलाई दलित अधिकारको क्षेत्रमा नेपालले गरेको प्रगतिको रुपमा प्रस्तुत गरेका थिए ।

उनले सामाजिक न्यायको क्षेत्रमा चेतना अभिबृद्धिका लागि आइसीडीआरले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै दलित माथि भइरहेको विभेदको अन्त्यको लागि बृहतखालको साझेदारी र सञ्जालको आवश्यकता औल्याए ।

‘दलितको मुद्दा दलितको मात्र होइन,’उनले भने, ‘दलितले मात्र यस विषयमा कुरा उठाएर समस्याको समाधान हुन सक्दैन, बरु यसकालागि गैरदलित वा फरक सामाजिक पृष्ठभूमीबाट आएकाहरुसंग हत्तेमालो आवश्यक हुन्छ ।’

कार्यक्रममा राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य सचिव दुर्ग शोवले दलितमाथिको दुव्र्यवहार र विभेद अविकसित देशहरुमामात्रनभएर ति मुलुकबाट विकसित मुलुक पुगेकाहरुले त्यही पुर्याएको बताइन् । उनले अमेरिका र यूरोपमापुगेका नेपाली, भारतीयलगायत वर्ण व्यवस्थाभएका मुलुकबाट गएकाहरुले त्यहाापनि जातपातको कुरा गर्ने गरेको र दलितमाथिविभेद गर्ने गरेको उल्लेख गरिन् ।

आइसीडीआर दलितकाअधिकार सम्बन्धमा पैरवीगर्नकालागि स्थापितअन्तर्राष्ट्रिय संस्था हो । यसमा दलितअधिकारकर्मी, गैरदलित प्राज्ञिकहरु तथा मानवअधिकारका क्षेत्रमाकामगर्ने व्यक्तिहरु सम्मिलित छन् । यसको सन् २०१५ मा अन्तर्राष्ट्रिय दलित सम्मेलन अमेरिकाको राजधानी वासिंगटन डीसीमा आयोजना गरेको थियो । यसले बिशेष गरेर दलितकाअधिकार सम्बन्धमा अमेरिकी सरकार तथा संयुक्त राष्ट्र संघ जस्ताअन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गर्दछ ।

कार्यक्रममा संस्थाका अध्यक्ष डीवी सागर विश्वकर्मले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय दलित नागरिक समाज सञ्जाल निर्माण गरिएको छ भने नेपाल र भारतमा राहतलगायतका गतिविधिहरु गरिरहेका छन् । त्यसैगरी जातीय स्वतन्त्रता इडेक्स -काष्ट पि|mडन इण्डेक्स) निर्माण भइरहेको छ । यसले विश्वका विभिन्न मुलुकमा भइरहेको जातीय विभेदको विषयलाई उजागर गर्नेछ । साधारणसभाले जातीयविभेद र अवस्थाकाबारेमा अनुसन्धान, विश्वविद्यालयहरुसंगको साझेदारी तथा युवा केन्दि्रत कार्यक्रमलाई अगामी दिनहरुमाजोड दिने रणनीति बनाएको छ ।

डा. डन जिमम्र्यानले सहजीकरण गरेको कार्यक्रममा अपि|mकन अमेरिकन लिगेसी फेमिलीका संस्थापक तथा अध्यक्ष जज रहुलमीनक्वन्दर, अन्तर्राष्ट्रिय विकास बिज्ञ रीकगोल्डलगायतले दलित अधिकारकालागि सबै तह र तप्काका व्यक्तिहरुसंगको साझेदारीमाजोड दिएका थिए । उनीहरुको भनाई थियो, बृहत साझेदारीले मात्रदलितहरुको अधिकार बहालीमा सफलताप्राप्त हुन्छ ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK