दक्षिण कोरियाली राष्ट्रपतिले राजीनामा दिने संकेत

ENGLISH

WORLD

दक्षिण कोरियाली राष्ट्रपतिले राजीनामा दिने संकेत

30 November, 2016 | arjun baral | 1335 Views | comments

south-korea-preदक्षिण कोरियाली राष्ट्रपति पार्क गियुन हायले राजीनामा दिने संकेत देखिएको छ ।

उनीले आफ्नो राजीनामाको मार्ग तय गर्न संसद्लाई अनुरोध गरेकी छन् । पार्कले देशमा शून्यताको अवस्था उत्पन्न नहुने गरी सांसदहरुले निकासको बाटो निकालेमा राजीनामा दिन तयार रहेको बताएकी हुन् ।

राष्ट्रपति पार्कमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनको राजीनामाको माग गर्दै विपक्षी दलहरूले राजधानी सिउलमा विशाल प्रर्दशन गर्दै आएका छन् ।

यसअघि अनियमिततामा आफ्नो नाम जोडिएपछि उनले सार्वजनिक रूपमा नै दुईपटक क्षमायाचना गरेकी थिइन् । राजनीतिक संकट निम्तिएको भन्दै राष्ट्रपतिले दुःख व्यक्त गरेकी थिइन् । तर, पनि राजीनामा दिन भने अस्वीकार गर्दै आएकी थिइन् ।

उनलाई आफ्नी साथी चोइ सुन सिलको नियन्त्रणमा रहेको एउटा कोषलाई रकम जुटाउन ठूला कम्पनीलाई लाखाैँ डलर अनुदान दिन राष्ट्रपतिले दबाब दिएको आरोप लागेको छ ।

आगामी शुक्रबार राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्तावलाई संसद्ले पारित गरेमा उनी स्वतः पदबाट निलम्बित हुनेछिन् । त्यसपछि प्रधानमन्त्रीले अस्थायी रूपमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।


दक्षिण कोरियाली राष्ट्रपति पार्क विरुद्ध विशाल प्रदर्शन


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK