दक्षिण कोरियामा आगामी अक्टोबर ३० मा कास्की परिवारको साधारणसभा हुने

ENGLISH

NRN GLOBAL

दक्षिण कोरियामा आगामी अक्टोबर ३० मा कास्की परिवारको साधारणसभा हुने

26 September, 2016 | Bipin Acharya | 715 Views | comments

16092558unnamed-6“संगठित समुह नै प्रदेशको सहारा हो” मुल नाराका साथ यस प्रवासी भूमी दक्षिण कोरियामा सामाजिक क्षेत्र र खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारको बार्षिक साधारणसभा आउँदो अक्टोबर ३० तारिखमा हुने भएको छ । कोरियन महानपर्व छुसकको अवसर पारी गत १४ तारिख बुधबार संस्थाका अध्यक्ष खोम गुरुङ्गको अध्यक्षतामा राजधानी सउलको एक रेष्टुरेन्टमा सल्लाहकारज्यु हरुको विशेष उपस्थितिमा कार्यसमितिका सदस्यहरु साथै संस्थालाई विगतदेखी उल्लेख्य सहयोग गर्दै आउनुभएका दिदीबहिनी तथा दाज्युभाईको उल्लासमय उपस्थितिमा भएको विषेश बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा अगष्ट २८ मा सम्पन्न माछापुच्छ्रे भलिबल रनिङ्ग कप,भाग-२ लाई सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग पुर्याउनु भएका संघ-संस्था तथा उपस्थित सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो भने सोही दिन खोलिएको भाग्यशाली चिठ्ठाको बिजेताहरुलाई सामुहिकरुपमा नगद पुरस्कार वितरण गरिएको थियो। साथै उक्त माछापुच्छ्रे भलिबल रनिङ्ग कप, भाग-२ सफल पार्न आर्थिक सहयोग तथा विभिन्न तवरबाट सहयोग पुर्याउनुहुने महानुभावहरुलाई पनि बिशेष आभार प्रकट गरीएको थियो l

गत कोरीयन पर्ब छुसकमा नेपालदेखि आउनुभएको कलाकारहरु नेपथ्य ब्याण्डका अमृत गुरुङ्ग र नायिका रिष्मा गुरुङ्गलाई पनि कास्की परीवारको तर्फबाट बिशेष सम्मान गरीएको जनाएको छ । विभिन्न एजेन्डाहरुमा उल्लासमय बहस र छलफलका साथ उचित निर्णय निकाल्दै कार्यसमितिका केही सदस्यहरु पूर्ण रूपमा निष्कृय रहेको,केही सदस्यहरु समय अभावको कारण संस्थाको कार्यक्रमहरुमा सकृय रहन नसकेको अवस्थामा संस्थालाई सफलरुपमा अगाडि बढाउन नसकिने हुँदा छिट्टै नै साधारणसभा बोलाएर सक्षम र सकृय ब्यक्तित्वहरुको नेतृत्वमा कार्यसमिती चयन गर्नुपर्ने अध्यक्ष गुरुङ्गले राख्नुभएको प्रस्ताव उपर निकै नै गहन र उत्साही छलफल पछि अक्टोबर ३० मा साधारणसभा बोलाउने र संभवत सोही दिन अधिवेशन पनि सम्पन्न गर्ने तयारी भएको हुँदा कोरियाको विभिन्न क्षेत्रमा छरिएर विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पूर्ण कस्केली बुद्धिजीवी, समाजसेवी, व्यबसायी, विद्यार्थी, मजदुर तथा सम्पूर्ण दाज्यु-भाइ तथा दिदी-बहिनीहरुलाई उपस्थित भइदिनुहुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ ।

बिस्तृत विवरण : साधारण सभा हुने
मिति:- अक्टोबर ३० आईतबार
समय:- ठिक १२ बजे
स्थान:- नेपाल हाउस दोंग्दे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK