दक्षिण कोरियाको १६ औं अधिवेशन यही जुलाईमा हुने

ENGLISH

NRN GLOBAL

दक्षिण कोरियाको १६ औं अधिवेशन यही जुलाईमा हुने

29 July, 2017 | Bipin Acharya | 965 Views | comments

दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था नेपाल सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १६ औं अधिवेशन यही जुलाई ३० गते हुँदै छ ।

दक्षिण कोरियाको राजधानी सउलको दोगंदेमुनको जोगसा गुम्बामा हुने अधिवेशनले एनसीसीको दुई वर्षे नयाँ नेतृत्व चयन गर्ने छ ।
यस पटक नयाँ नेतृत्वका लागि दुई वटा समूह देखिएका छन् । अञ्जु केसी र जित गुरुङको नेतृत्वमा बनेका दुई वटा समूहबीच चुनाव हुनेछ।

अञ्जु केसी अध्यक्ष रहेको समूहको महासचिवमा निर्मल बेल्वासे छन् । यस्तै जित गुरुङ अध्यक्ष रहेको समूहको महासचिवको उम्मेदवार पुरु जोशी छन् ।

अध्यक्षकी उम्मेदवार केसी र गुरुङ दुबै जना १५ औं अधिबेशनबाट निर्वाचित उपाध्यक्ष हुन । उपाध्यक्ष मध्ये केसी बरिष्ठ हुन् ।

यस्तै महासचिवका उम्मेदवार बेल्वासे र जोशी भने यस वर्तमान कार्यसमितिमा छैनन । केसीको समूहमा मजदुरहरुको बाहुल्यता रहेको छ भने गुरुङको समूहमा होटल व्यवसायीहरु समेत रहेका छन ।

अधिकतम मजदुरहरु प्रतिनिधि रहेकोले उनीहरुले मजदुरकै पक्षमा भोट हाल्ने हुँदा अञ्जुको जित हुनसक्ने नेपाली सम्पर्क समिति दक्षिण कोरियाका सदस्य किरणप्रकाश विसीले जानकारी दिए ।

अधिबेशनमा यही जुलाई १६ तारिखसम्म नामावली सिफारिस गरेर र्फम भरेकाहरुले मात्रै मतदान गर्न पाउने छन् ।

जुलाई १६ सम्म नामावली दर्ता भएका प्रतिनिधिहरुको संख्या करिव १५०० रहेको सम्पर्क समितिका सदस्य विसीले जानकारी दिए ।

अध्यक्षका उम्मेदवार केसी १५ वर्षदेखि दक्षिण कोरियामा सामाजिक सेवामा समेत सक्रिय छन् भने गुरुङ् व्यवसायमा लागेका छन् । लगभग ४० हजार नेपाली रहेको दक्षिण कोरियामा नेपाल सम्पर्क समिति (एनसीसी) साझा समिति हो ।

एनसिसिले गैरआवासीय नेपाली संघ र राजदुतावाससंग समन्वयात्मक भूमिका निर्वाह गर्ने र अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्ने गर्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK