दक्षिण कोरियाका इलामेद्वारा सहयोग

ENGLISH

NRN GLOBAL

दक्षिण कोरियाका इलामेद्वारा सहयोग

24 January, 2017 | Sandeep Bhattarai | 1065 Views | comments

सहयोग

इलाम सूर्याेदय सेवा समाज, दक्षिण कोरियाले वृद्धवृद्धा, अनाथ र दृष्टिविहीन बालबालिकाका लागि रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले माईभगवती वृद्धाश्रमका लागि भवन निर्माणका लागि रु ४१ हजार, गोलाखर्कमा रहेको राहसल बाल अनाथलयलाई रु एक लाख एक हजार र दृष्टिविहीन बालबालिकालाई लत्ताकपडाका लागि रु २१ हजार नगद हस्तान्तरण गरेको हो ।

वृद्धाश्रममा निर्माणाधीन भवनका लागि रकम अभाव भएको जानकारी प्राप्त भएपछि कोरियामा बस्ने नेपालीले सहयोग सङ्कलन गरेको इलाम सूर्याेदय सेवा समाज, दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार प्रतीक बोहोराले जानकारी दिनुभयो ।

गोलाखर्कमा रहेका अनाथ बालबालिकालाई शिक्षादीक्षामा टेवा पुर्याउने उद्देश्यले रु एक लाख एक हजार नगद अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गरिएको छ ।

सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि बालमन्दिरकी श्रोत शिक्षिका महेश्वरी पाण्डेलाई समाजको तर्फबाट रु २१ हजार नगद हस्तान्तरण गरिएको छ ।

इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाले यसअघि दोलखा जिल्लाको नाम्दु गाविसका करिब २०० भूकम्पपीडितलाई रु दुई लाख ५० हजार, ताप्लेजुङ र सप्तरीका अग्निपीडितलाई रु दुई लाख आर्थिक सहयोग गरेको छ ।

अम्विका डंगोललाई दक्षिण कोरियाद्वारा आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK