थापा भन्छन : फोहरी खेल नखेल्नुस

ENGLISH

POLITICS

थापा भन्छन : फोहरी खेल नखेल्नुस

24 June, 2016 | Krishna Adhikari | 1480 Views | comments

kamal-thapa-2उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिमा अस्थिरता ल्याउने गरी फोहरी खेल नखेल्न सबै राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले जो सरकारमा आउन चाहनुहुन्छ आउनुहोस् सबै मिलेर देश बनाऔँ भन्नुभयो । जनताका अनुहारमा हाँसो र उज्यालो दिनु सबै राजनीतिक दलको दायित्व हो भन्दै राजनीतिक परिवर्तन भइसकेपछि अब देशमा आर्थिक समृद्धि र विकास भएमा मात्रै जनताको अनुहारमा खुसीयाली देख्न सकिने धारणा राख्नुभयो ।

बहुदलीय प्रजातन्त्रको व्यवस्थाको आगमनपछि २५ वर्षको समयावधिमा २३ वटा सरकार गठन भएको स्मरण गराउँदै उपप्रधानमन्त्री थापाले एक÷एक वर्षमा प्रधानमन्त्री फेर्दै गयौँ भने देश र दुनियाँमा के सन्देश जान्छ भनी चिन्ता व्यक्त गर्नुभयो ।

स्थानीय निकाय पुनःसंरचना आयोगले भदौभित्रै प्रतिवेदन दिन सक्यो भने मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन सजिलैसँग गर्न सकिने विचार व्यक्त गर्दै उहाँले सरकारले सबै राजनीतिक दलसँग सहमति कायम गरेरमात्रै चुनावको मिति घोषणा गर्ने बताउनुभयो ।

राप्रपा नेपाल कास्कीका जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेसका जिल्ला सचिव सुदिपमोहन भट्टराई, पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, र गीता गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK