थकाली जातिको तोरन्ल अर्थात फागु पूर्णिमा बिधिवत रुपमा सुरु

ENGLISH

NRN GLOBAL

थकाली जातिको तोरन्ल अर्थात फागु पूर्णिमा बिधिवत रुपमा सुरु

21 March, 2016 | Sandeep Bhattarai | 560 Views | comments

थकाली जातिको महान चाड तोरन्ल अर्थात फागु पूर्णिमा आजबाट बिधिवत रुपमा सुरु भएको छ। परम्परागत रुपमा तीन दिन र सांस्कृतिक रुपमा साप्ताहिक रुपमा मनाइने यस चाड स्वदेश तथा विदेशमा भब्य रुपमा मनाइदैछ। नेपालमा थकाली जातिको पुर्ख्यौली थलो मुस्ताङको थाकखोला लगायत काठमाडौं, पोखरा, बुटवल, भैरहवा, चितवन, स्याङ्जा, धनगढीको थकाली समाज घरमा थकाली जातिहरु एकिक्रित भएर मनाउदैछन ।

tor

विदेशको हकमा जापान लगायत अमेरिका , बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, वेल्जियम, स्विजरल्याण्डमा पनि थकालीहरु एकजुट भई तोरन्ल चाड मनाउदैछन । अमेरिकामा वाशिंगटन डि.सी न्युयोर्क, क्यालिफोर्निया, भर्जिनियाका, र वाल्टिमोरका थकाली समाजले एकीकृत भई आ – आफ्नो स्थानमा पालो-पालै गरी यो चाड भब्य रुपले मनाउने गरेका छन ।

यसपालीको तोरन्ल भने वाल्टिमोरमा अप्रिल २ मा मनाउने गरेका छन् । त्यस्तै दक्षिण कोरिया र जापानमा भने यही मे २७ मा मनाउने भएका छन् ।
जापानमा भब्य रुपमा इकेगामी खाइकान हलमा मनाउदैछन । सो कार्यक्रममा सम्पूर्ण थकाली तथा गैर थकाली वन्धुहरुलाई आमन्त्रण गरिएको संस्थाका अध्यक्ष बुद्धी गौचनले बताउनु भएको छ ।

थकाली जातिहरुले आजैबाट मध्य रातमा क्रमश तीन रात सम्म आफ्ना दिवंगत पितृहरुलाई पिण्ड दिने चलन छ भने, अन्य जातिहरुले तिजमा चेलीलाई खाना खुवाउनको लागि आमन्त्रण गरे जस्तै थकाली जातिहरुले पनि यस चाडमा चेली ज्वाँईहरुलाई खाना खुवाउने प्रचलन छ। यस चाडमा थकाली महिलाहरु न्होकोन चोलोमा सजिएर ( गोटा तथा कौडा ) खेल्ने चलन छ भने पुरुषहरु दौरा सुरुवालमा सजिएर धनुष वाण खेल्ने प्रचलन छ ।

जापानमा भने यही अप्रिलको २० तारिखका दिन थकालीहरुले योकोहमामा धनुषवाण खेलेर मनाइसकेका छन् । वर्तमान अवस्थामा समाज सेवाको नाममा जापानमा अनगन्ती रुपमा फस्टाएको संस्थाहरु मध्ये सायद थकाली समाज नै जेठो होला भन्नु हुन्छ, समाजका संस्थापक सदस्य सरद कुमार गौचन ।
स्व.मातृका गौचनको अध्यक्षता र स्व.डा योगेन तुलाचनको संरक्षकत्वमा सन १९९१ जुनमा स्थापना भएको थियो । स्थापनाकाल देखी नै निरन्तरतर रुपमा तोरन्ल मनाउदै आएको जापानमा भने गत ३ वर्ष देखी धनुषवाण पनि खेल्दै आएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK