त्रिशुली बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुग्यो : मृतक र घाइतेहरुको सूचीसहित (अपडेट)

ENGLISH

त्रिशुली बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुग्यो : मृतक र घाइतेहरुको सूचीसहित (अपडेट)

28 October, 2017 | Sandeep Bhattarai | 2630 Views | comments

राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस शनिबार बिहान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु भएकामध्ये अहिलेसम्म १२ जनाको मात्रै सनाखत भएको छ ।

घाइतेहरुका अनुसार दुर्घटनाको कारण अत्यधिक गती हो । सो बस धादिङको गजुरी ५ बांगेमोडबाट त्रिशुली नदीमा खसेको थियो । बस मोडबाट नदीमा खसेपछि उछ्ट्टिएर १५ यात्रु नदी किनारमा परेका छन् । उनीहरु घाइते छन् । बाँच्न सफल यात्रुका अनुसार बसमा करिव ५० जना यात्रु थिए ।

यद्यपि बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।

प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।

शनिबार बिहान करिव साढे ५ बजे सो बस त्रिशुली नदीमा खसेको थियो । घाइतेहरुका अनुसार चालकले हेटौंडामा मदिरा समेत सेवन गरेका थिए ।

सनाखत भएका मृतकको नामावली
नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा – सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी
चन्द्ररेखा प्रमणी – सप्तरी
मन्जित कुमार झा – सप्तरी
चन्द्रावती झा – सप्तरी

दुर्घटनाका घाइते
अमन ठाकुर : राजबिराज
श्रवण कुमार ठाकुर : राजबिराज
सुशिल यादब : सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब : सप्तरी राजविराज
उद्धव ठाकुर : राजबिराज
दिवस कान्त पन्डित : सिराह भगवानपुर
दुर्गा नन्द चौधरी : राजबिराज
दुर्गा नन्द यादब : राजबिराज
नितिदिता चौधरी
सुगम चौधरी
सन्तोश सरदार : सप्तरी राजविराज
मनोज ठाकुर : मधुवन बिहार
गणेश ठाकुर : मधुवन बिहार
गौरी शंकर ठाकुर : मधुवन बिहार
अभिषेक चौधरी : मधुवन बिहार

काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खस्यो- ११को मृत्यु (अपडेट)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK