“त्रिलोक” यम कुमार गुरुङद्वारा एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा

ENGLISH

“त्रिलोक” यम कुमार गुरुङद्वारा एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा

14 September, 2017 | Sandeep Bhattarai | 695 Views | comments

यम कुमार गुरुङ

नेपालको लागि नेपाली भन्ने मूल मान्यता सहित अगाडी बढेको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को विश्व सम्मेलन नजिकिदै गरेको परिस्थितिमा हङकङ निबासी वरिष्ठ समाजसेवी यम कुमार गुरुङ “त्रिलोक” ले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् l

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद विशुद्ध नेपाल र नेपालीको लागि हुनु पर्छ र यस संस्थालाई राजनीति हस्तक्षेपबाट टाढा राखेर सामाजिक दायित्वमा लगाउनु पर्छ भनेर लागि परेका गुरुङ अहिले एनआरएनए आइसीसीमा महासचिवको बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् l उनी भन्छन– ‘संस्थागत रुपमा एनआरएनए अभियान अघि बढाउन हामीले निकै ठूलो प्रयत्न पनि गरेका छौं तर हामीले अझ निकै गर्न बाँकी छ यसैका लागि अझ सक्रिय भएर लाग्ननै मैले महासचिवमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

प्रबासी नेपालीहरुको समस्या र समाधानमा सदैब अविभावकको भूमिका निर्बाह गर्दै एनआरएनएहरुको समस्याहरुमा लड्दै उनीहरुलाई उचित न्याय दिन तत्पर रही एनआरएनएको संस्थागत विकास लागि आफुलाइ एक सक्षम र योग्य उमेद्वारीको रुमा प्रस्तुत गर्दै र विशेषत वैदेशिक रोजगारमा रहेका नेपालीका विकराल समस्याहरुको समाधानमा आफ्नो विशेष पहल हुने र नेपालमा वैदेशिक लगानी भित्र्याउन तथा एनआरएनएलाई संस्थागत गर्न लागि पर्ने लगायतका प्रतिबद्धहरु सहित उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन ।

मुलुक विषम परिस्थितिमा गुज्रीरहेको अवस्थामा, मुलुक पिडाले रुएको बेला, छटपटाको बेला, नेपालि जनताहरु सहयोग खोजि रहेको बेला हर समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका महासचिव पदका प्रत्यासी यम कुमार गुरुङ “त्रिलोक” अहिले सबै गैर आवासीय नेपालीहरुको रोजाइमा परेका चर्चित व्यक्तित्वको रुपमा परिचित छन l मिलनसार, इमान्दार तथा सधै आफ्नो काम प्रति निष्ठावान रहेर सबैको गैर आवासीय नेपाली र जन्मभूमि नेपालको हकहितमा लडिरहने एनआरएनएका सक्रिय बरिष्ट समाजसेवी त्रिलोक गुरुङ गैर आवासीय नेपालीहरुबीच चर्चामा रहेका पात्र हुन l

जब जब मुलुकलाइ संकट पिडा पर्छ त्यस समय सदैब पीडित समक्ष पुगेर उनीहरुको पीडालाई राहत प्रदान गरि उनीहरुको घाउमा मलम लगाउन सक्षम गुरुङ नेपालमा बैदेशिक लगानी भित्राएर नेपालको आर्थिक बृदिदर बढाउन र नेपाललाई विश्वसामू अझ थप चिनाउन प्रयत्नरत व्यक्तिको रुपमा परिचित छन l

गोरखाको लाप्राकमा नमूना वस्ती निर्माण सहयोग देखि एनआरएनए भवन निर्माणमा सक्रिय रहेका गुरुङ हालै तराईमा बाढी प्रभावितलाई राहत वितरणमा पनि एनआरएनए टोलीमा संलग्न रहेका थिए। त्यसका अलावा उनले नेपाल र नेपालीको सयोगार्थ धेरै उदाहरणीय कार्य गरेर सबैको मनमा बस्न सफल भएका छन् l

एनआरएनए हङकङले बुधबार हङकङको जोर्डनस्थित साङ्ग्रिला रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा गुरुङको उम्मेदवारी घोषणा गरेको हो। दशैँपछि असोज २८–३१ (अक्टोबर १४–१७) मा काठमाडौँमा एनआरएनएको विश्व सम्मेलन आयोजना हुने भएको छ भने जसले अर्को दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

गोर्खा एकता इन्टरनेशनल ग्रुप मार्फत हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका यम कुमार (त्रिलोक) गुरुङ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन् । एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष भए पछि उनी एक कार्यकाल एसिया प्यासिफिकको संयोजक समेत रहिसकेका छन् ।

एनआरएनए आइसीसी सदस्य पदमा प्रेम रसाइलीको उमेद्वारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK